काठमाण्डौ । नेकपा एमालेभित्र माधव नेपाल झलनाथ खनाल पक्षीय नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी दुवैको विरोध गर्दै आएको कुरा सर्वविधितै भएको कुरा हो । उनले दोश्रो पटक पनि राष्ट्रपतिद्धारा गरिएको संसद विघटनको विषयमा पनि प्रधानमन्त्री केपी शर्मा ओली महाराज र राष्ट्रपति बिद्यादेवी भण्डारीको विरोध गरेकी छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराज र राष्ट्रपति बिद्यादेवी भण्डारीलाई महारानी भन्दै दुवैको विरोध गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई महाराज र महारानी भन्दै दुवैको विरोध गरेकी हुन् ।
फेसबुकमा झाँक्रीले लेखेकी छिन्, ‘यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर नपाएर छटपटाइ छटपटाइ दैनिक दुई सयभन्दा बढीले ज्या न गु मा उ नु परेको छ । यो सत्ताको अ प रा धी क र ण हो । यस्तो बेलामा चाहिएको छ महाराज महारानीलाई चुनाव । जनताले हिसाब किताब त पक्कै राख्नेछन् ।’
देश एउटा अँध्यारो युगमा पसेको बताउँदै झाँक्रीले आफूहरूले अन्तिम समयसम्म संसद् जोगाउन चाहेको भए पनि खराब नियतिका मानिसहरूको षड्यन्त्रका सामु केही नलागेको बताएकी छन् । उनी अगाडि लेख्छिन्, हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ । खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन ।







