काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनिएकोमा प्रधानमन्त्री केपी शर्मा ओली रिसाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनेर सम्बोधन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली रिसाएका हुन् । देउवाले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनेर सम्बोधन गरिएको भन्दै प्रधानमन्त्रीले आ क्रो श व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओली बालुवाटारमा भएको एक कार्यक्रममा बोल्दै थिए । त्यसै क्रममा ओलीले भने, “आज कांग्रेस सभापति देउवाको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाएई तपाईँसम्म भनिएको छैन । राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा यस्तो छ । सामन्तवादप्रतिको द ला ली त्यस ठाउँमा एकजना कुलिन घराना पाखण्ड सिद्धान्तको आधारमा आएको राजा नामको पात्र भएको भए कस्तो कस्तो भाषा बोलेर निहुरिएर हात मुसारेर के के भाषा बोल्थे यिनै मानिसहरु ?”
उनले जनताका छोराछोरीलाई तपाईं पनि भन्न हुँदैन ? भन्दै प्रश्न गरेका छन् । “असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छन् । अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्छन्,” उनले भने, “कांग्रेस सभापतिको भाषाको स्तर देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको छ भन्ने अचम्म लाग्छ ।”






