काठमाण्डौ । तनहुँ घर भएका अमर लामा मदन भण्डारीका गाडी चालक थिए । नेकपा एमालेका कार्यकर्तासमेत रहेका उनै लामाले चलाएको गाडी २०५० जेठ ३ गते दासढुंगाबाट त्रिशुली नदीमा खसेको थियो । मदन भण्डारी र जीवराज आश्रित त्रिशुलीमा डुबेर मरे, अमर लामाचाहिँ गाडीबाट ओर्लिएर बाँचे । एमालेले यो घटनालाई ष ड्य न्त्र पू र्वक भएको ह त्या ठान्यो ।
दश वर्षपछि उनै अमर लामाको २०६० साल साउन ११ गते अपरान्ह पौने ४ बजे कीर्तिपुरमा गो ली हानेर ह त्या गरियो । लामालाई पछाडिबाट टाउकोमा गो ली हानिएको थियो । उनको टाउकोमा प्रहरीले प्रयोग गर्ने ९–एम पे स्तो ल र पोइन्ट सि क्स सेभेन सिक्सको गो ली लागेको थियो ।
त्यसबेला अमर लामाको ह त्या माओवादीले गरेको भनियो । लामाको ह त्या माओवादीले गरेको प्रहरी रिपोर्ट रहे पनि माओवादीले चाहिँ यो घ ट ना को अहिलेसम्म जिम्मा लिएको छैन । केही वर्षअघि एमाले नेता माधवकुमार नेपालले अमर लामाको ह त्या माओवादीले गरेको सार्वजनिक भाषण गरेका थिए । त्यसको जवाफमा प्रचण्डले लामाको ह त्या माओवादीले नगरेको बताएका थिए ।
मदन–आश्रितको मृत्युको घ ट ना २८ वर्षसम्म र ह स्यमै रहेको भन्दै एमाले नेता माधवकुमार नेपालले सोमबार विज्ञप्ति जारी गरेर यसको यथार्थ बाहिर ल्याउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । त्यो सम्बन्धित पक्ष भनेको नेपाल सरकार हो । र, प्रधानमन्त्री केपी ओली एवं गृहमन्त्री रामबहादुर थापा बादल हुन् । सरकार र माओवादी दूबैको सूचना गृहमन्त्री बादलसँग छ र उनी आफैंले बताउन सक्छन्, लामाको ह त्या माओवादीले गरेको हो कि हैन भनेर ।
अहिलेसम्म अमर लामाको ह त्या कसले र किन ग¥यो भन्ने खुल्न सकेको छैन । लामाको ह त्याको उद्देश्य र ह त्या रा पत्ता लगाउन सकेको खण्डमा मात्रै दासढुंगा का ण्ड को पर्दा उघार्न सकिने कतिपयको ठम्याइ छ । मदन भण्डारी र जीवराज आश्रित आफ्नो पनि आदरणीय नेता भएकाले आफूले ह त्या नगरेको र त्यो दुर्घटना नै भएको लामाले बताउँदै आएका थिए ।
तर, यो घ ट ना लाई सामान्य दु र्घ ट नाका रुपमा लिन एमालेजन अहिलेसम्म तयार छैनन् । तथापि २८ वर्षसम्म यसलाई नेकपा एमालेले न त दु र्घ ट ना भनेको छ, न त ‘ह त्या रा’को खोजी नै गरेको छ ।
यस्तो थियो अमर लामाको ट्रेजेडी
दासढुंगा का ण्ड पछि अमर लामा करिब ४ वर्ष जे लमा बसे । लापरवाही गरेर गाडी चलाएको आरोपमा चितवन जिल्ला अदालतले उनलाई आजीवन का रा बा स र सर्वस्वहरण गर्ने फैसला सुनाएको थियो । तर, सर्वोच्च अदालतले उनलाई दुई वर्ष कै द र ५ सय रुपैयाँ जरिवाना मात्र ग¥यो । सर्वोच्चको फैसलापछि उनी जेलमुक्त भए ।
दासढुंगा काण्डपछि पनि सामान्य परिवारका लामाको आर्थिक अवस्थामा कुनै फेरबदल देखिएन । उनको परिवार तनहुँको भानुमा सामान्य दुखजिलो गरेरै बस्यो भने लामाचाहिँ काठमाडौंतिर भौतारिएर बसे । उनी त्र शि त एवं असुरक्षित थिए ।
यसवीचमा लामा आफूलाई सुरक्षित बनाउन एमाले छाडेर नेपाली काँग्रेसमा प्रवेश गरे । उनी नयाँ बानेश्वरमा डेरा लिई बस्थे, कालिकास्थानमा कार्यालय रहेको ताजाखबर साप्ताहिकको प्रवन्ध सम्पादक भएर कार्यालयय जान थाले ।
तर, कार्यालय गएको एक साता पनि नपुग्दै उनी ताजाखबरको कार्यालयबाटै ०६० साल साउन ११ गते दिउँसै अ प ह र ण मा परे र त्यसको केही घण्टामै कीर्तिपुरमा मारिए ।
यो पनि पढौं
एमालेलाई केले छेकि रहेको छ दासढुंगा काण्डबारे छानविन गर्न ?
लामालाई तीनजनाले हामी प्रहरी हेडक्वार्टबाट आएका हौं भन्दै कार्यालयबाटै अ प ह र ण गरेर बा १ ज २५६० नम्बरको रातो रंगको भाडाको ट्याक्सीमा हालेर कीर्तिपुर पु¥याएका थिए ।
लामालाई त्यहाँबाट उपत्यका बाहिर लैजाने कोसिस गरिएको देखिन्छ । तर, कीर्तिपुरमा सेनाको चेकिङ भएकाले अ प ह र ण का रीले आफू बच्नका लागि लामालाई त्यहीँबाट भाग्न लगाएर पछाडिबाट गो ली हानेको त्यसबेलाको प्रहरी अनुसन्धानले देखाएको थियो ।
लामाको ह त्याबारे नेपाल प्रहरीका डीएसपी डेगबहादुर जीसीले अनुसन्धान रिपोर्ट तयार पारेका थिए । उता, गृहमन्त्रालयले हत्याको भोलिपल्टै ०६० साल साउन १२ गते पुनरावेदन अदालत पाटनका न्यायाधीश मधुसुधनलाल श्रेष्ठको नेतृत्वमा एक सदस्यीय जाँचबुझ आयोगसमेत बनाएको थियो ।
१५ दिनमा रिपोर्ट पेश गर्ने गरी गठित सो जाँचबुझ समितिको प्रतिवेदन अहिलेसम्म गृहमन्त्रालयले गुपचुप राखेको छ । चाहे भने गृहमन्त्री बादलले लामाको ह त्या सम्बन्धी त्यो फाइल अहिले पनि खोल्न सक्छन् । र उनले अमर लामाका ह त्या रा एवं त्यसको उद्देश्य पत्ता लगाउन सक्छन् ।
दासढुंगा चलचित्रका निर्देशक मनोज पण्डितले फिल्म निर्माणपूर्व अमर लामाका विषयमा पनि अनुसन्धान गरेका थिए । यस क्रममा लामाको ह त्या कसले ग¥यो जस्तो लाग्छ भन्ने प्रश्नमा पण्डितले माओवादीकै छापामारबाट लामाको ह त्या भएको आफूले बुझेको बताए । तर, कुन उद्देश्य र किन उनको ह त्या भयो भन्नेचाहिँ आफूले अहिलेसम्म बुझ्न नसकेको पण्डित बताउँछन् ।






