काठमाण्डौ । लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफुलाई गरिएको कारवाहीको विरुद्ध रिट लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।
सर्वोच्चको पूर्ण बैठकको निर्णय अनुसार वैशाख १९ मा सर्वोच्चले उनीहरुको रिट दर्ता नगरीकन फर्काइदिएको थियो । पुर्ण बैठकले बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेको थियो । अहिले कोभिड र बन्दी बाहेक केही महत्वपुर्ण रिटमा सुनुवाई गर्ने निर्णय भएको हुनाले जसपाका सांसदहरुको रिट दर्ता गरिएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बताए ।
योपनि पढौं
महामारीविरुद्ध ‘एक्शन’मा मुख्यमन्त्री राउत
काठमाण्डौ । पछिल्लो समय बढ्दै गएको कोरोना सङ्क्रमण विरुद्ध प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत एक्सनमा उत्रिएका छन् । बढ्दो अक्सिजनको माग र सङ्क्रमितको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषास्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालको स्थलगत अनुगमन गरेका छन् ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धीरजप्रताप सिंह र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् ।
ढल्केबरस्थित ढल्केबर ग्यास उद्योग (अक्सिजन प्लान्ट) निरीक्षणका क्रममा मुख्यमन्त्री राउतले उद्योगका सञ्चालकलाई अक्सिजनको वितरण एकद्वार प्रणालीमार्फत मात्र गर्न निर्देशन दिएका छन् । जिल्लामा अक्सिजनको वितरणमा आजैदेखि एकद्वार प्रणाली लागू गरिएको छ । त्यसैगरी मुख्यमन्त्री राउतसहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधीन अक्सिजन प्लान्टको समेत अवलोकन गरेका छन् ।
सो क्रममा उनले अविलम्ब प्लान्ट सञ्चालन गरी सङ्क्रमितको ज्यानको रक्षा गर्न उद्योगका सञ्चालकलाई आग्रहसमेत गरेका छन् । मुख्यमन्त्री राउतको आग्रह उद्योगका सञ्चालकले शनिबारसम्म जसरी भए पनि प्लान्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका । बेलामा निर्माणाधीन उद्योग २४ घण्टामा ६०० सिलिन्डर रिफिल गर्न सक्ने क्षमताको छ ।
त्यस्तै मुख्यमन्त्री राउतसहितको टोलीले जानकी मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पतालको समेत निरीक्षण गरेको छ । जानकी मेडिकल कलेज रमदैया पुगेको टोलीले अस्पताल व्यवस्थापकसँग अस्पतालमा रहेका सङ्क्रमितको अवस्था र उपचारमा भइरहेको समस्याबारे जानकारी लिएको छ । सो क्रममा मेडिकल कलेजको व्यवस्थापन पक्षले अक्सिजनको कोटा बढाई दिन माग गरेको थियो ।
टोलीले आजैदेखि अक्सिजनको कोटा बढाइदिने र शनिबारदेखि चाहे जति अक्सिजन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । हाल ६० श्यया कोरोना सङ्क्रमितका लागि सञ्चालन गरिरहेको सो मेडिकल कलेजलाई मुख्यमन्त्री राउतले श्यया बढाउन आग्रहसमेत गरे ।प्रदेश सरकारले मणिपालको खाली भवनमा निर्माण भइरहेको अस्थायी कोभिड अस्पतालको समेत मुख्यमन्त्री राउतसहितको टोलीले निरीक्षण गरेको छ ।
यु द्धस्तरमा निर्माणाधीन उक्त अस्पतालको काम समयमै सक्न उनले निर्देशनसमेत दिए । निरीक्षणका क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान् झाले यही जेठ १५ गते अगावै अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रतिबद्धता जनाए । रासस






