काठमाण्डौ । मेषः पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ । रोकिएका काम बबन्नेछन् । लामो यात्रा गर्ने सम्भावना जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ ।
बृषः आयआर्जनका स्रोत बढ्नेछन् भने मनग्य आम्दानि हुनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ ।
मिथुनः अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । मेहनतको पूरा मूल्य नपाइने परिस्थिति देखिन्छ । अवसरवादीहरूले फसाउन सक्छन् । तापनि, मेहनतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ ।
कर्कटः अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ । समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ । मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ । सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ । तर मेहनतको प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला ।
सिंहः पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । आँटेका काममा बा धा उत्पन्न हुन सक्छ । स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ । महत्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला ।हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
कन्याः दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मानका साथ प्रेम र मित्रताको ब न्ध न कसिनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ ।
तुलाः आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । मेहनतका साथसाथै गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
बृश्चिकः सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
धनुः हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । दिगो योजना गो प्य राखेर अघि बढ्नुहोला । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । मेहनत गर्दा अध्ययनमा पनि प्रगति हुने समय छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।
मकरः आफ़्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ । मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ । ईर्ष्यालु मन भएकाहरूले सताउलान् । प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । व्यापार व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।
कुम्भः मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ । मान सम्मान प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।
मीनः सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मनग्य धन आर्जन होला । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।






