काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिँदै पत्र पठाएपछि उनले ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका हुन् ।
उनले अध्यक्ष ओलीलाई ‘गुटको मात्र अध्यक्ष’ भएको दावी गरेका छन् । उनले फेसबुकमा लेखेका छन् , ‘सञ्चार माध्यममा आएअनुसार आज म र कमरेड भीम रावललाई निलम्बन गरिएको भन्ने कुरालाई म अस्वीकार गर्दछु ।’ उनले ओलीले विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कारबाही गर्ने कुनै अधिकार नभएको बताएका छन् ।
उनले भनेका छन्, ‘नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु । उनले टुक्रा–टुक्रामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास गरेको आफूहरुले नै गरेको बताउँदै यसको रक्षा पनि आफूहरुले नै गर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतस् निराश होइन दृढ बनेर कम्युनिस्ट आन्दोलनको रक्षा गरौं ।’ उनले फेसबुकमा यस्तो लेखेका छन्






