काठमाडौ । मधव नेपाल ओलीसँग एमालेभित्रै संघर्ष गर्न तयार रहेको अवस्थाबीच उनको समूहको दोस्रो तहका नेताहरु भने वि द्रो हकालागि द बा ब दिइरहेका छन् । बरु सांसद पद नै गएपनि ओलीसँग मिलेर बस्न नसकिने पक्षमा उभिएका छन् ।
एमाले नेताहरु भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईलगायतका नेताहरु वि द्रो ह गरेर अगाडि बढ्ने पक्षमा छन् । उनीहरुले ब लि यो एकीकृत कम्युनिस्ट पार्टी बनाएर जानुपर्नेमा जो ड दिइरहेका छन् । त्यसको गृहकार्य पनि भइरहेको छ ।
नेकपा एमालेका कुल १२० सांसदमध्ये माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा ३८ सांसद छन् । यसअघि उनीहरुसँग ४० भन्दा बढी सांसद रहेकामा केहीले गुट परिवर्तन गरिसकेका छन् ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र खनाल पक्षमा निरन्तर क्षय गराइरहेका छन् । तर, नेपाल भने धै र्यताका साथ उभिएका छन् । उनले आफू पक्षीय नेता कार्यकर्तालाई पनि धै र्य गर्न भनेका छन् ।
ओलीले एमालेभित्र झनै वर्चश्व बढाइरहेका छन् । यसबाट माधव नेपाल झन् कमजोर हुँदै जाने वातावरण बनेको छ । जति ढिलो गर्यो उति क्ष ति पुग्ने भन्दै वि द्रो हका साथ जानुपर्नेमा नेपालनिकट प्रभावशाली नेताहरुको जो ड ब ल रहेको बुझिएको छ ।






