काठमाण्डौ । पार्टी संसदीय दलको बैठक चलिरहँदा एमाले नेता माधव कुमार नेपाल भने आफू निकटको युवा संघको भेलामा सहभागी भएका छन् । राष्ट्रिय सभागृहमा आयोजित भेलाको उद्घाटन नेता नेपालले गरेका छन् ।
उनले बेलुन उडाएर युवा संघ कार्यकर्ता भेलाको गरेका हुन् भने भेलालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । एमालेमा विवाद चर्किरहेको बेला एमालेमा समानान्तर कार्यक्रमको अभ्यास चलिरहेको छ ।
युवा संघको कार्यकर्ता भेलामा माधव नेपालका साथै सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिस्ट, रघुजी पन्त लगायतका नेताहरु पनि सहभागी रहेका छन् ।










