काठमाडौ । एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको द म्भका कारण अब ओलीसंग एकता गर्न नसकिने निर्णय गरेको बताए । बुधबार आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पछिल्लोपटक ओलीसँग भएको छलफलपछि ओलीको द म्भ नहटेको भन्दै त्यसपछि पार्टी एकता गर्न नसकेको निर्णय गरेको बताए ।
नेपालले ओलीसँग भएको वार्ताको प्रसंग उल्लेख गर्दै भने, ‘केपी ओली यो पार्टीलाई छिन्न भिन्न पार्न लागिरहनुभएको छ । उहाँको द म्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्ष निकाल्यौ’, नेता नेपालको भनाई छ । त्यसक्रममा उनले पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि एमालेको १० औ र ११ औं बैठक नराखी एकैचोटी १२ औं बैठक बोलाएको भन्दै कहाँ गए दशौं र एघारौं बैठक भनेर ओलीलाई प्रश्न समेत गरेका छन् ।
नेता नेपालले ओलीको व्यक्तिवादी, अहंकारी र स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीमा संकट आएको बताए । ‘अहिले चैत ७ गते १२ औं बैठक बोलाइएको छ । कहाँ गयो १० औ र ११ औं बैठक ? नवौं बैठक बसेको थियो पहिले ।
एकैचोटी ७ गते १२ औं बैठक भनेर बोलाइयो । कारण के भन्दा यसबीचमा दुईवटा कागजमा सहि गराउनुभएछ दशौं र एघारौं बैठकका नाममा’ नेता नेपालले खुलाए ।उनले विधान संशोधन र केन्द्रीय कमिटीमा मान्छे थप्ने निर्णय पनि आफूखुसी गरेको बताए । उनले ओलीसँग पछिल्लो पटक भएको छलफलमा समेत ओली फागुन २८ को निर्णयबाट पछि हट्न तयार नभएको बताए ।






