काठमाण्डौ । जिवराज आश्रित पत्नी माया ज्ञवालीले एक महिनामा चार पटक गुट परिवर्तन गरेकी छिन् । यसअघि उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटमा थिइन् । त्यस लगत्तै उनी ओलीलाई छाडेर नेपाल समूहमा गएकी थिइन् ।
माधव र केपी गुटबाट पार नलाग्ने भन्दै उनी बामदेव गौतमले सञ्चालन गरेको पार्टी एकता अभियानमा समेत जोडिएकी थिइन् । केही समय अघि सम्म नेकपाका नेता ओली नै हुन् भन्दै गुट भेलामा सहभागी भएकी ज्ञवाली पछि नेपाल समुहमा गएपछि ओली समुह चकित परेको थियो ।
प्रतिनिधिसभा सदस्य माया ज्ञवाली प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा फर्किएपछि उक्त समुहमा खुशीयाली छाएको थियो । ज्ञवाली प्रचण्ड–नेपाल समूहको सिंहदरबारमा बसेको संसदीय दल बैठकमा सहभागी भएर केपी ओलीको समुह छोडेको घोषणा गरेकी थिइन् ।
प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका दिन ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने ८२ सांसदमध्ये ज्ञवाली एक थिइन् । तर, त्यसपछि भने उनी खुलेरै ओली समूहमा लागेकी थिइन् । प्रधानमन्त्री ओलीले आयोजना गरेको चियापान समारोहमा गएर माया ज्ञवाली नाचगानमा समेत सहभागी भएपछि ओली समुह माया आफ्नै क्याम्पमा फर्केकोमा बिश्वस्त थियो ।
ज्ञवाली नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जिवराज आश्रितकी पत्नी हुन् । आश्रितको मदन भण्डारीसँगै २०५० साल जेठ ३ गते रहस्यमय दासढुंगा घटनामा नि ध न भएको थियो ।






