काठमाण्डौ । आजभन्दा दुई वर्ष पहिले ब ला त्का रपछि मा रि एकी निर्मला पन्तले अझैं न्याय पाएकी छैनन् । उनको ह त्यामा संलग्नलाई नेपाल सरकारले अझैंपनि पक्रन सकेको छैन । परिवारहरु र आफन्तहरु निर्मलाले न्याय पाउछ कि भन्ने आशमा अझैंपनि बसिरहेका छन् । उता सुदुरपश्चिमकै भागरथी भट्टको पनि निर्मलाको जस्तै घटनामा संलग्नलाई भने प्रहरीले पक्राउ गरेरपनि कार्वाहीको प्रकृया अघि सारी सकेको छ । उमेर नाबालक भएको हुनाले भागरथीका आरोपीलाई बाल सुधारगृहमा राखिएको छ ।
निर्मला पन्तको ह त्यारा कहिले पत्ता लाग्ला ? सरकारले किन पत्ता लगाउन सकिरहेको छैन भन्ने प्रश्न जनमानसमा उब्जिरहेको बेल लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले भने गृहमन्त्री रामबहादुर थापा बादलमाथि गम्भीर आरोप लगाएका छन् । उनले निर्मला पन्तको ह त्यामा गृहमन्त्री राम बहादुर थापा बादलकै संलग्नता रहेको आरोप लगाएका छन् । संग्रौलाले फेसबुकमार्फत थापामाथि यस्तो आरोप लगाएका हुन् ।
कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको ब ला त्का र पछिको ह त्या को घटनामा गृहमन्त्री थापाकै संलग्नता रहेको संग्रौलाले ठोकुवा गरेका छन् । उनले निर्मला घटनामा संलग्नता भएकै कारण थापा निरीह बनेका बताए । निर्मला घटनामा संलग्न भएकै कारण गृहमन्त्री थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले ब्ल्याक मेलिङ गरिरहेको पनि संग्रौलाको आरोप छ ।
आफ्नो सत्ता स्वार्थका लागि ओलीले सोही विषयमा बादललाई ब्ल्याक मेलिङ गरिरहेको लेखक संग्रौलाले बताएका छन् । उनी लेख्छन्,‘निर्मला पन्तको ब ला त्का रपछि ह त्यामा राम बहादुर थापा बादल निरिह बने । उनको निरिहपनलाई केपी ओलीले ब्ल्याकमेलींग गरिरहेका छन् । आफ्नो सत्ता स्वार्थलाई । धेरै कुरा समयक्रममा खुल्दै जानेछ ।’ लेखक संगा्रैलाले यसअघि राप्रपा अध्यक्ष कमल थापालाई समेत बाँदर भनेका थिए ।






