काठमाण्डौ । नेकपा एमाले नेतृ शान्ता चौधरीले पुर्व एमालेहरु एकबद्ध भएर पार्टीलाई अगाडी बढाउन आग्रह गरेकी छन् । उनले प्रचण्डलाई नेकपा एमाले सि द्ध्या उ न आएको आरोप समेत लगाएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एमाले सि द्ध्या उ न आएका प्रचण्ड आफै सि द्धि एको बताउँदै अब पुर्व एमालेहरु मिलेर अघि बढ्न आग्रह गरेकी हुन् ।
एमाले नेतृ चौधरी फेसबुकमा लेख्छिन्, ‘कमरेडहरु, कठोरताको पराकाष्ठाको रुप कस्तो हुँदोरहेछ देखियो । सरकारको दुई वर्षको कार्यकाल पछि देखियो नि र्म म दृश्यहरु । सरकारले गरेको राम्रो काम बारे प्रचार गर्नको साटो कमजोरीहरु खोज्दै हिंड्ने, मिडियामा दौडेर गएर अन्तर्वार्ता दिने, नभएको मि थ्या आरोप लगाउने सायद प्रतिपक्षले पनि त्यति धेरै गरेन होला ।
जसले सरकारका राम्रो कामबारे लेख्छ र बोल्छ उनिहरुलाइ हाम्रै कमरेडहरुबाट ह तो त्सा ही बनाउने काम भयो । त्यो पि डा खेप्ने मध्येको म एक हो । मेरो कुनै स्वार्थ थिएन, पार्टीको सबल पक्षको प्रचार गर्ने, नेतृत्वको सबल पक्षको प्रचार गर्ने । सरकारको राम्रो कामको प्रचार गर्ने, यो काम सबैले गरेको भए सबैको हित र आन्दोलनको जीत हुने थियो । हो मैले त्यही गरें, आज मात्रै होईन हिजो माधव नेपाल र झलनाथ खनालले नेतृत्व गर्दा पनि यसैगरी साथ दिएको हो ।
कमरेडहरु, सबैका सामु छर्लङ्ग भएको कुरा अब धेरै नकोट्याउँ । पार्टी एकीकरण पछि तिन वर्ष संगठन चलेन । भक्तपुर , धरान र चितवनको प्रदेश र स्थानीय तहको उपनिर्वाचनको परिणामले बतायो की, एकताले फाईदा होईन नोक्सान गर्यो । कमरेड प्रचण्डको असली प्रवृत्ति सच्चिएन । हाम्रा आदरणीय नेताहरू समेत नि र्म म ता पुर्वक सरकार र पार्टी अध्यक्षका विरुद्ध उभिनु भयो । त्यति मात्रै होईन पार्टीका अध्यक्षलाई साधरण सदस्यबाट निश्कासन गर्न पनि पछि पर्नु भएन । यी सबै तिता कुरा छोडौं, मलाई समेत कार्वाही गरेको पनि बिर्सिदिउँला ।
आज हामी सबै एमाले भएका छौं , प्रसब पि डा बाट मुक्त भएको अनुभुति भएको छ । अब कमरेडहरु , प्रचण्डले आज पनि एमाले फु टा उ न उ त्ते जि त बनाउने गरि जे गर्दै हुनुहुन्छ र जस्तो अभिव्यक्ति दिंदै हुनुहुन् , अब बहकिन जरुरी छैन । आज कमरेड केपी ओली र माधवकुमार नेपाल दुई पक्षीय नेता कमरेडहरुको बीचमा बार्ता हुनु अत्यन्तै सकारात्मक कुरा हो , यसले सकारात्मक सन्देश पनि दिएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी हुन आउनुहोस् हाम्राबीचमा हार्दिकता बढाएर जाउँ, चैत्र ७ गतेको बैठकमा आउनुहोस सबै समस्यालाई बिधिसम्मत हल गरौं र एकताबद्ध एमाले बनाऔं ।’







