काठमाडौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीका विरुद्ध आफ्नो लडाइँ प्रधानमन्त्री बन्न नभएको बताएका छन् । उनले ओलीले पार्टीको विधान, सिद्धान्त र लोकतन्त्रको गला रे ट्दै संविधानको ह त्या गरेको हुनाले आफुले त्यसको विरोध गरेको बताएका हुन् । उनले यो परिस्थितिमा आफुलाई प्रधानमन्त्री बन्नकोलागी कुनै हतारो नभएको स्पष्ट पारेका छन् ।
प्रकाश बिकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन गर्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न नभएको स्पष्ट पारेका हुन् । सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको उनले जिकिर गरे ।
उनले यसअघि पनि पटक पटक आफूलाई राक्षस प्रवृत्तिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए । आफूलाई पटक–पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफूलाई जोगाएको बताउँदै प्रचण्डले अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताए ।






