काठमाडौ । प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा) बीच आज कार्यदल स्तरमा छलफल हुँदैछ । सत्तासमिकरणका लागि नेकपा (एमाले) बीच आज पनि कार्यदरस्तरमा अनौपचारिक छलफल हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।
यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक रहेको र आज पनि कार्यदलस्तरमा थप छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट मार्फत बताएका छन ।
यसका लागि नेकपा (एमाल) ले का नेताहरु सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल र राजन भट्टराई सम्मिलित कार्यदल गठन गरेको छ भने जसपाले पनि नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सम्मिलित कार्यदल गठन गरेको छ ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसंग भएको छलफल सकारात्मक भएको जसपाका नेताहरुले पनि बताएका थिए ।बिहीबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आज पनि कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिए ।
जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता एवं संविधान संशोधनको माग राख्दै आएको छ । बिहीबारको छलफलमा प्रधानमन्त्रीले ती मागका विषयमा आफू सकारात्मक रहेको बताएका नेता कर्णको भनाइ छ । प्रधानमन्त्रीसँगको छलफल गर्न अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरु राजेन्द्र महतो र अशोक राई प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।






