काठमाडौ । सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम गरेको छ । सधैं जस्तै यस वर्षपनि टुँडिखेलमा सेनाले विशेष कार्यक्रम मनाएको छ । कार्यक्रममा सैनिक टोलीले कला प्रदर्शन गरेको छ ।
विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, उपराष्ट्रपति नन्दकिशोर पुनलगायत सहभागी थिए ।
नेपाली सेनाले २०४७ बाट महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। विशेष समारोहमा सैनिक टोलीले विविध वेशभूषा झल्किने गरी कला प्रदर्शन गरेको छ । तस्वीरहरु











