काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ । नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न प्रचण्ड(नेपाल समूहले बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा अबको अन्योल र रणनीतिबारे छलफल हुने समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्चको फैसलापछि प्रचण्ड(नेपाल समूहले हिजो कानुन व्यवसायीसँग छलफल गरेको थियो ।
छलफलमा अदालतको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको सुझाव आएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । आजको स्थायी कमिटीको बैठकपछि पार्टीको आधिकारिक धारणा तय गरी सार्वजनिक गर्ने प्रचण्ड नेपाल समूहको तयारी रहेको प्रवक्ता श्रेष्ठले बताए ।






