काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले सर्वोच्च अदालतको फैसलाले एमाले र माओबादी ब्यूँताउँदैमा त्यो नब्यूँतिने स्पष्ट पारेका छन् । नेता गुरुङले पार्टी एकीकरण पछि तीन वर्षमा धेरै काम भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवहेव मेटिन नसक्ने बताएका छन् ।
संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कँदै गर्दा संसद् सचिवालय सिंहदरबारमा सञ्चारकर्मीलाई फैसलाबारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेता गुरुङ्गले ुबेठिक टाइमु मा न्याय दिने काम भएको बताउनुभएको हो । उहाँले अदालतको फैसलाले दलको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको ुडेढलकु लाई अझै मद्दत पुग्न सक्ने बताए ।
उनले भने, ‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिस्ट पार्टी नेकपाको निर्वाचन आयोगमा परिरहेको बहसको सम्बन्धमा केही–केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाहिँ उपयुक्त समय हो भन्ने देखिँदैन । न्याय इनटाइममा दिनुपर्थ्यो ।
बेठिक टाइममा चाहिँ न्याय दिने काम भयो । यसले पार्ने साइड इफेक्टहरू के–कस्तो हुन्छ, हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला । यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ । यथास्थितिमा सायद जाँदैन । नामको बारेमा मात्रै गरेको हो । तीन वर्षमा धेरै काम भएको छ ।’






