काठमाडौ । नेपाली कांग्रेसका सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन् । सरकारले ल्याएको संवैधानिक परिषद्को अध्यादेश कांग्रेसलाई अस्वीकार्य भएको बताउँदै नाराबाजी गरेका हुन् ।
उनीहरुले अध्यादेश फिर्ता गर भन्दै नाराबाजी गरेका छन् । कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
योपनि पढ्नुस्
संवैधानिक परिषद सम्बन्धी अध्यादेश कांग्रेसलाई अस्वीकार्यः नेतृ भुसाल
काठमाडौ । नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले काँग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएकी छिन् । संसद बैठकमा बोल्दै नेतृ भुसालले सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अस्वीकार्य रहेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागतयोग्य भएको बताइन् ।
पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सचेतक भुसालले बैठक सहज सुचारु हुन नसकेकोमा पनि गम्भीर रुपमा लिएको बताइन् । यसैगरी नेपाली कांग्रेसका सांसद बालकृष्ण खाणले संवैधानिक परिषद सम्बन्धी अध्यादेश असंवैधानिक भएको तर्क गरे ।
त्यसलगत्तै नेपाली कांग्रेसका सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन् । सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश कांग्रेसलाई अस्वीकार्य भएको बताउँदै नाराबाजी गरेका हुन् । उनीहरुले अध्यादेश फिर्ता गर भन्दै नाराबाजी गरेका छन् ।






