तिमीले हार्दा देशले जित्छ भने
पार्टीले जित्छ तिमीले हार्दा भने
आफ्नैसंग एकपटक हारेर त हेर
त्यो हारमा पनि जीत लुकेको छ
साथ दह्रो थियो,लक्ष्य थियो एउटै
कुन वैरीको नजर लागेछ,साथ छुटेकोछ
योजना भताभुङ्ग सपनाहरु टुटेको छ
जीत त्यही सम्भव हुन्छ जहाँ सब जुटेको छ
हरेक वीजयहरु नहुन सक्छ जीत
हरेक पराजयहरु नहुन सक्छ हार
हारेर त हेरौं यस पटक आफैमा
हाम्रो यो हार देश,जनता अनि
पार्टीलाई हुन सक्छ अमुल्य उपहार
भाई फुटे गँवार लुटे भन्छन्
भन्छन एकता नै शक्ती हो विवेकीहरु
विवेकलाई सच्याएर त हेर
स्वर्णीम पलहरुले हामीलाई पर्खीरहेछ
टुटफुट होईन साथी हो,एकतामा बाँधिऔं
जनता, देश अनि पार्टी एकता खोजीरहेछ
अंगद श्रेष्ठ ‘प्रयास’
गुलरिया ६,बर्दिया






