काठमाण्डौ । धर्मेन्द्र बास्तोलाजी, बधाई छ भर्खर छुटेर आउनु भएकामा, यति थोरै जेल बसेर छुट्नु पाए पो हुन्थ्यो आफू त १४ वर्ष जेल । आज दिन फागुन २१, ४८ वर्षअघि, आजकै दिन, एउटा नयाँ आन्दोलन, नयाँ एकीकरण, नयाँ संकल्प र नयाँ सपना बोकेर हिँडेको ५ क्रान्तिकारी युवालाई जेलबाट निकालेर, जेल सार्ने नाममा सुखानीको जंगलमा हत्या गरिएको थियो ।
रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजशंजी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ यहाँ मारिनुभयो । नेपालको इतिहासमा यस प्रकार अत्यन्त क्रूर, सत्ताको दमन चक्र हो । राज्यको नियन्त्रणका धेरै महिना लिएर, जेल सार्ने नाममा, पाँचरपाँच जनाको एकै ठाउँमा हत्या गरिएको नेपालको इतिहासमा पहिलो घटना भयो। र, त्यस प्रकारको अन्तिम घटना हो ।
त्यस अपराधपूर्ण घटनामा मारिनुहुने र सहादत प्राप्त गर्ने ५ जनामा आजको विशेष दिनमा हार्दिक श्रद्धासुमन प्रकट गर्दछु, त्यस न्यायप्रेमी र परिवर्तनकारी जनताको तर्पmबाट । त्यसैले फागुन २१ को घटना थियो । यसभन्दा केही दिनअघि मारिनुभएका चन्द्र डाँगी र यस घटनाको केही पछि मारिनुभएका रामप्रसाद प्रधानलाई सहिद घोषणा गरेको जानकारी दिन चाहन्छु । बाँसको भालाले घोचीघोची हत्या गरिएको थियो ।
नेकपाको महासचिव विप्लवलाई बधाई, स्वागत र शुभकामना भन्न चाहन्छु। र, उहाँले साहसिक कदम चाल्नुभएको छ । एउटा ऐतिहासिक कदम चाल्नुभएकोमा राज्य र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु । नेपाली जनतालाई शान्ति चाहिएको छ । नेपाली जनताले चाहेको कुरा राष्ट्रियताको रक्षा, स्वाधीन, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रियहितको रक्षा, लोकतन्त्रको प्राप्ति, रक्षा र सुदृढीकरण, सामाजिक न्यायको प्राप्ति र शान्ति चाहिन्छ । निर्भय ढंगबाट बाँच्न पाउने चाहना नेपाली जनताको छ ।
सुशासन होस्, भ्रष्टाचार अन्त्य होस्, विकासका प्रयास योजनाबद्ध ढंगले अगाडि बढोस्, यही हो नेपाली जनताको चाहना । सबै राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपाली हो । समृद्ध नेपाल बनाउन यसका लागि शान्तिपूर्ण वातावरण, लोकतान्त्रिक प्राणाली चाहिन्छ, जनताले हक अधिकार प्राप्त गर्ने वातावरण चाहिन्छ । वातावरण प्राप्तिका लागि आज ऐतिहासिक काम भएको छ ।
अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब नेपाल हिसांत्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले अवलम्बन गरेको छैन । आजको उपलब्धि त्यही हो। अब नेपालमा शान्ति छ । केही दिन अगाडिबाट विश्वमा शान्तिको मापदण्डमा नेपाल धेरै विकास गरेर अगाडि बढेको छ । भरे बेलुका संयुक्त राष्ट्रसंघले कसरी मूल्यांकन गर्ला ? नेपाल शान्तिको प्यारामिटर धेरै माथि उठेको छ ।
म विप्लवलाई धन्यवाद दिन चाहन्छु, यस योगदानका लागि उहाँले एउटै कदमले नेपाली जनताको मन जित्नुभएको छ । एउटै कदम । यो सहासिक कदम हो । जोसुकैले एउटा कार्यदिशा र एउटा बाटो समातेर हिँडेको मोड्न सक्दैनन्, फेल हुन्छन्, उहाँ यसमा सफल हुनुभएको छ । यो फोर्स ल्यान्डिङ होइन, क्र्यास ल्यान्डिङ पनि होइन यो सेभ ल्यान्डिङ हो । बहुत राम्रो ढंगले अरू सफलताको सम्भावनाको सपना पूरा गर्न प्रबल सम्भावनाका साथ अघि बढ्नुभएको छ ।
मैले कतै रातारात भन्ने पढेको थिएँ, राताराता होइन । वार्ता वर्षौंदेखि चलेको थियो । हामीले वार्ता नंग्रा बजाएर गरेनौँ । वार्ता वार्ताझैं गरियो । गम्भीरताका साथ ग¥यौँ । यो विश्वासको थालनी ८ देखि १० वर्षपहिले विप्लवजीसँग लामो समय, केही घण्टा लगाएर कुरा गरेका थियौं । यही वार्ताबाट मजबुत भएर यहाँसम्म आइपुगेका छाँै। वार्ताको व्यहोरा छोटो छ। यो काफी हो ।
१८ पुराणमा व्यासले दुई कुरा भने । तीन बुँदाले भन्छन्, कुनै समस्या आइपरेर छलफल र वार्ताबाटै टुंग्याउनेछौं उतिखेरै । उहाँहरूले शान्तिपूर्ण बाटोबाट विचार कार्यान्वयन गर्नुहुनेछ । उहाँहरूको आफ्नै पार्टी छ, गतिविधि, संगठन गर्छ, शान्तिपूर्ण रूपमा गर्नुहुन्छ। शान्तिपूर्ण गतिविधि गरेपछि उहाँहरूका नेता–कार्यकर्ता प्रक्रिया मिलाएर छाड्छौ। मुद्दा मामिला छन् मिलाइन्छ । धर्मेन्द्रजी भर्खर छुट्नुभयो । केही छुटिसक्नुभयो । अरू पनि छुट्नुहुन्छ ।
नेपाललाई नयाँ दिन मात्र होइन, नयाँ युगमा प्रवेश गराएको छ, हामी युग परिवर्तनकारी काम गरिरहेका छौं । गत वर्ष पृथकतावादी आन्दोलन गरिरहेका सीके राउतलाई शान्तिपूर्ण राष्ट्रिय राजनीतिको मूलधारमा ल्यायौं । त्यही शान्तिपूर्ण राष्ट्रिय राजनीतिको मूलधारमा उहाँहरू (विप्लव) पनि आइसक्नुभएको छ ।
परिवर्तन शैली एकीकृत हुन समय लाग्छ। यो सिलसिला र प्रक्रिया हो ।
हामी एउटै अभियानमा छौं । शान्तिपूर्ण र समृद्ध नेपालको आकांक्षा हो । मानिस शान्तिपूर्ण, भयरहित, सभ्य समाज, सुरक्षित अधिकार सम्पन्न समाज चाहन्छ । इतिहास सबैका फरक–फरक छन् । सबै प्रयासको अन्तिम निष्कर्ष सुख प्राप्ति हो । यो बेला एकताबद्ध भएर नेपाललाई एउटा समृद्ध नेपाल बनाउने समय हो ।
पूर्वज योगदानको कदर गर्दै अगाडि बढ्ने समय हो। शान्ति यात्रामा नयाँ युगमा प्रवेश गरेको छ। नेपाल कम्युनिस्ट उतार चढाव भए । मैले ५० वर्षअघि उहाँले जस्तै आन्दोलन गरेको थिएँ । मेरो पार्टीले ४० वर्ष एउटा निर्णयबाट शान्तिपूर्ण राजनीति अवलम्बन गरेको थियो । ०२९ सालमै छाडेको हो र रुपान्तरण हुन थप ७ वर्ष लाग्यो। रुपान्तरण सजिलो छैन । यो आजको उपलब्धिले शान्तिपूर्ण ढंगले समाज परिवर्तन गर्न सक्छ ।
असल मनसायसाथ अगाडि बढ्दा यो दृष्टान्त बनेको छ । विश्व कम्युनिस्ट आन्दोलनका लागि यी सफलता दृष्टान्त हुन् । केही मानिस देश बर्बाद गर्न खोज्छन् । संसदीय दलको बैठक गर्दै छन् रे म संसदीय दलको नेता यहाँ छु। उहाँहरू देखेर अचम्म लाग्छ । किस्तीमा लिएर प्रधानमन्त्री खाइदिनुहोस् भन्दै जाने, हामी छौँ दिन तपाईंको पछाडि लाग्ने, नेतृत्व गर्न छाड्ने, यो कुन आइडोलोजी हो, यो ।
हामी प्रधानमन्त्रीको प्रस्ताव अनुचित रूपमा लाग्दैनौँ । मुलुक अस्थिरतातर्फ गयो । विघटनमा जानुको कारण पनि त्यही थियो तर फिर्ता भएको छ । सरकार ढाल्ने गम्भीर प्रयास भइरहेको छ । ०७३ सालमा पनि ढालेका थियो नि हामी झ्यालबाट, जस्केलाबाट होइन, भेन्टिलेसनबाट छिरेर होइन, मूलसडक, मूलढोकाबाट आउँछौ भनेका थियौँ, ०७४ मा राजमार्गबाट सिंहदरबार आयौं त । अध्यक्ष हुनुपर्यो भने महाधिवेशनमा लडेर हुने, क्याबिनेटमा मान्छे बोलाएर होइन, अध्यक्ष हुँदैनौं ।
प्रधानमन्त्री हुनुपरे निर्वाचनको माध्यमबाट। जालझेलबाट होइन। केही कम्युनिस्ट आन्दोलनको बदनाम गरे पनि हुनेवाला केही छैन। विकास जसरी गरेको छ । अहिले सरकार विल्कुल सफल हो । विकासमा फड्को मारेको छ । संयुक्त राष्ट्रसंघले नेपाललाई अल्पविकसितबाट विकासशील राष्ट्र सिफारिस गरिसकेको छ । सन् २०३० अगावै दिगो विकास लक्ष्य पूरा गर्नेछौँ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग तीनबुँदे सहमतिमा हस्ताक्षरपछि प्रधानमन्त्री ओलीले गरेको मन्तव्यको सम्पादित अंश अन्नपुर्ण पोष्टबाट साभार ।






