काठमाण्डौ । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका(१३ बाट उनी सार्वजनिक भएका हुन् । सरकारले बिहीबार विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।
बिहीबार बेलुका नवलपरासी आएका विप्लवले त्यहाँ सहिद परिवारको घरमा रात बिताएका थिए । उनले त्यहाँ सहिद परिवारसँगै आफ्ना कार्यकर्तासँग भेटवार्ता गरेका
थिए । विप्लव केन्द्रीय सदस्य बाला थापासहित सुरक्षा सहयोगीकासाथमा आज काठमाण्डौमा आउँदै छन् ।
विप्लवलाई लिनकालागी निजी कम्पनीको हेलिकप्टर स्ट्याण्डबाई राखेको सरकारको एक मन्त्रीले जानकारी दिए । स्रोतका अनुसार विप्लवलाई काठमाडौ ल्याउन एक निजी कम्पनीको हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सहमति सार्वजनिक गर्दै छन् । कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो २ बजे हुनेछ । हिं सा त्मक गतिविधि गरेको भन्दै सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो ।






