ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न आवश्यक रहेको बताए । उनले उच्च पदका नेताले कुनैपनि पदको मोह र लाल्सा नगरी पद त्याग गर्न आवश्यक रहेको बताउँदै त्यसो गरिए पार्टी जोगीने बताए ।
प्रेस सङ्गठन ताप्लेजुङले शुक्रबार (आज) आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेता भट्टराईले विभाजित नेकपामा एकताको प्रयास भइरहेको बताएका छन् । उनले भने, ‘एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।’ एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताए ।
नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनले बताए । भट्टराईले आफ्नै पक्षका अध्यक्ष द्धए प्रचण्ड र नेपाललाई पनि प्रधानमन्त्री बन्ने दाउपेचमा नलागेर दोस्रो पुस्तालाई नेतृत्व सुम्पन सुझाब दिए । पछिल्लो केही दिन यता नेता भट्टराईले पार्टी एकताको पक्षमा आफ्ना भनाईहरु राख्दै आएका छन् ।
उनले कुनैपनि हालतमा एकता हुनै पर्छभन्दै त्यसकालागी आफुले जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए । नेता भट्टराईले नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न व्यक्तिगत एक लाख दिने र आउँदा बजेटबाट दश लाख विनियोजन गर्ने प्रतिबद्धता जनाए ।






