काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव समूह) शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । बिहीबार सरकारी पक्ष र विप्लव पक्षबीच भएको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बीचको वार्ता एक सहमतिमा पुगेपछि अब संयुक्त पत्रकार सम्मेलन गर्ने अवस्थामा पुगेका छन् ।
सरकार विप्लव समुहबीच बीच जारी वार्ता सहमतिको अन्तिम चरणमा पुगेको र संयुक्त पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने अवस्थामा पुगेको बताइएको छ । विप्लव नेकपाका एक नेताले दिएको जानकारीअनुसार सहमतिका बुँदा तयार पारिएको छ । त्यसलाई अन्तिम रुप दिइ दस्तावेजीकरणको काम मात्र बाँकी छ । सो कामका लागि अहिले दुई पक्ष छलफलमा जुटेका छन् । बुधबार एकैदिन दुई चरणको औपचारिक वार्ता गरेका दुई पक्षबीच अनौपचारिक रूपमा तेस्रो चरणको वार्ता पनि भइसकेको छ ।
विहिवार बिहान देखि सोही सहमतिलाई दस्तावेजीकरण गर्ने काम सुरु भएको छ । विहिवार नै सहमतिलाई लिखित रूप दिएर आजै संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ । स्रोतका अनुसार ‘प्रतिबन्ध फुकुवा, मु द्दा लागेका २ हजार नेतारकार्यकर्ताको मु द्दा फिर्ता लिने, थु ना मा रहेका डेढ सय जनामध्ये ज्या न मु द्दा बाहेककालाई रिहा गर्ने सहमति’ भइसकेको छ ।
सरकारले प्रतिबन्धित विप्लव नेकपासँग वार्ता गर्न गत मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको हो । लगत्तै त्यही दिन विप्लव नेकपाले पनि पूर्वमन्त्रीसमेत रहेका आफन प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा २ सदस्यीय नै वार्ता टोली बनाएको हो । अब ह ति यार ब्यवस्थापन कसरी गर्ने भन्ने कुराको मात्र टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
सरकारले विप्लव समूहले हिं सा त्म क गतिविधि गरेको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्धको घोषणा गरेका थियो । प्रतिबन्ध लगाएको दुई वर्षको अवधिमा देशका विभिन्न ठाउँबाट २ हजार ६४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।






