काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेकपाको ओली समूहलाई साथ दिने विषयमा कुरा चलिरहेकै बेला महामन्त्री डा. शशांक कोइरालाले भने नेकपाको प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका छन् । काठमाण्डौमा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्ने पनि जानकारी दिए ।
महामन्त्री कोइरालाले सबैभन्दा पहिला प्रधानमन्त्रीलाई हटाउनुपर्ने र त्यसका लागि संसदमा अविश्वासको प्रस्ताव दर्ता हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा सदस्य डा. कोइरालाले नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्ने तर त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि नहुने समेत टिप्पणी गरेका छन् । सभापति र महामन्त्रीको नेकपा गुट रोजाईकै कारण यतिबेला नेपाली कांग्रेसमा खै ला बै ला मच्चिएको छ ।
उसो त सभापतिको भनाई र कुनैपनि निर्णयप्रति कंग्रेसका नेताहरुको सहमति हतपत भएको देखिएको छैन । टसनकै कुरा गर्ने हो भने रामचन्द्र पौडेलसंग देउवाको ता ल मे ल नमिलेको कुरा त जग जाहेर नै छ । पछिल्लो केही समयमै सभापतिको विचारभन्दा फरक मत राखेर महामन्त्री कोइरालाले आफ्नो विचार राखेको हुनाले कांग्रेसभित्र फेरी अर्को ब बा ल मच्चिएको सजिलै बुझ्न सकिन्छ ।






