काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मु द्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै भएपनि उनलाई छुटाउन निकै कसरत गरिरहेका छन् । सभापति देउवाले नेता मोहम्मद आफ्नालागी खास व्यक्ति भएको हुनाले उनलाई छुटाउनकोलागी आफु लागी परेको बताएका छन् । देउवाले भने,‘आलम मेरोलागी खास हो । त्यसैले म उहाँलाई छुटाउनकोलागी प्रयासरत छु ।’
गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न त्यहाँ पुगेका देउवाले भाषणका क्रममा यस्तो अभिब्यक्ति दिएका हुन् । उनले आलमलाई छुटाउनकोलागी आफू प्रयासरत रहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले देउवाले इँटाभट्टामा जिउँदै मानिस ज ला ए र मा रे को अभियोगमा का रा गा रमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको भाषणबाटै सबैलाई जानकारी दिए । अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे ।






