रौतहट । पार्टीको कार्यक्रमका लागि रौतहट पुगेका नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ । ठक्करवाट साइकल यात्री घाइते भएका छन् । साइकलमा सवार ५५ वर्षका इन्द्रप्रसाद घिमिरे घाइते भएको प्रहरीले जनाएको छ ।
रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्री घिमिरेलाई ठक्कर दिएको हो । भट्टराई जनकपुरवाट हेटौडा तर्फ जाँदै थिए । उनी सवार ज १ झा ४२७ नम्बरको गाडीले घिमिरेलाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहले घटना पुष्टि गरेका छन् ।
घाइेत अवस्थाका घिमिरेलाई उपचारका लागि अस्पताल लगिएको छ । गाडीले साइकल यात्री घिमिरेलाई ७ः१५ बजे ठक्कर दिएको थियो । घाइते उनलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएको बताइएको छ । उनको अवस्था गम्भिर भएकाले सिभिल अस्पतालले काठमाडौ रेफर गरेको छ । उनलाई काठमाडौंको बीएण्डबी अस्पताल ल्याउने तयारी गरिएको छ ।
अनौपचारीक रुपमा नेकपा विभाजन भएपछि आन्दोलनमा रहेका प्रचण्ड नेपाल समुहले देश ब्यापी कार्यक्रमलाई तिब्रता दिएको छ । सोही कामका लागि उनी रौतहट गएका थिए । घटनापछि प्रहरीले धनुषा बटेश्वर–७ घर भएका स्करपियो चालक धर्मदास महत्तोलाई पक्राउ गरेको छ ।
जनकपुरबाट पार्टीको कार्यक्रम सकेर हेटौंडा जाँदै गरेका नेता भट्टराई सवार गाडीले ठक्कर दिएको हो । घिमिरको टाउको र श री र का विभिन्न भागमा चो ट लागेको छ । घटनापछि नेता भट्टराई केहीबेर इलाका प्रहरी चन्द्रनिगाहपुरमा बसेका थिए । त्यसपछि उनी अर्को सवारीमार्फत हेटौंडा गएका छन् ।






