काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनतालाई सजग रहन आग्रह गरेका छन् । उनले नेताहरुलाई शासकभन्दै आम नेपाली जनताहरुलाई त्यसता शासकहरुबाट सजग रहन आग्रह गरेका हुन् । राज्यसत्ता र आम नागरिकका सम्पुर्ण जिम्मा लिएका शासकहरु नै अहिलेको राजनीतिक परिस्थितिमा के गर्ने वा के नगर्ने भनेर अलमलमा परिरहेको हुनाले आफुलाई जनताको सेवाको निम्ति समर्पित छौं भन्ने शासकहरुले नै देश विकासमा प्रत्यक्ष असर पारेको बताएका छन् ।
पूर्वराजा शाहले लोकतन्त्रका नेताहरुलाई संविधानको पालना नगरेर आ आफ्नो शैली र व्यक्तिगत विचारका आधारमा भट्किंदै हिंडेको आरोप समेत लगाएका छन् । उनले नेताहरुलाई संविधानबाट निर्देशक तथ्यबाट भट्किंएर आफ्नै शैलीमा देश सञ्चालन गर्न खोजेको आरोप लगाएका हुन् । यसका साथै पूर्वराजा ज्ञानेन्द्रले देश र जनताकोलागी चिन्तित छौं भन्नेहरुबाट नै देश र जनताको भविष्य अन्यौलमा पारिरहेको आशयमा ट्वीट गरेका छन् ।
उनले आज (आईतबार) ट्वीट गर्दै लेखेका छन्,‘राज्यसत्ता र आम नागरिकका सम्पुर्ण जिम्मेवारी लिएका शासकहरु के गर्ने वा के नगर्ने भन्ने कुरामा अल्मलिंदा र संविधान निर्देशक तथ्यबाट भट्किंदा आम नागरिकप्रतिको ध्यान भंग हुन गई देशको आर्थिक, सामाजिक र भौतिक विकासमा प्रत्यक्ष असर पर्न जाने हुँदा सजग रहनु अत्यावश्यक हुन जान्छ ।’ उनले गरेको ट्वीट जस्ताको त्यस्तै तल राखिएको छ ।
राज्यसत्ता र आम नागरिकका सम्पूर्ण जिम्मेवारी लिएका शासकहरू के गर्ने वा के नगर्ने भन्ने कुरामा अल्मलिँदा र संविधान निर्देशक तथ्यबाट भट्किँदा आम नागरिक प्रतिको ध्यान भङ्ग हुन गई देशको आर्थिक, सामाजिक र भौतिक विकासमा प्रत्यक्ष असर पर्न जानेहुँदा सदैव सजग रहनु अत्यावश्यक हुनजान्छ ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) February 27, 2021






