काठमाण्डौ । नेकपाका उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा राष्ट्रीय एकता अभियानका केन्द्रीय अभियन्ताहरुको आकस्मिक बैठक शुरु भएको छ । सर्वोच्चको निर्णयको पर्खाईमा रहेका उपाध्यक्ष गौतमले मंगलबार प्रतिनीधिसभा विघटनलाई असंबैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरिदिएपछि बुधबार (आज) एकता राष्ट्रीय अभियानका केन्द्रीय अभियन्ताहरुको बीचमा आकस्मिक बैठक शुरु भएको हो ।

सर्वोच्चको फैसलापछि अब एकता अधियानलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा उपत्यकामा रहेका अभियन्ताहरुसंग छलफल भैरहेको नेता गौतमका स्वकिय सचिव दिपक टमटाले जानकारी गराएका छन् ।
प्रतिनीधिसभा विघटनलाई सर्वोच्चले बदर गरेर आफुहरुलाई एकतामा रहन अझैं बल पुगेको बताउँदै एकता अभियानलाई अझैं सशक्त रुपमा अघि बढाउनमा जोड दिने नेता गौतमले बताएको स्वकिय सचिव टमटाल जानकारी गराएका छन् । बैठक सानेपा स्थित सिद्धार्थ कटेजमा शुरु भई रहेको छ ।
उक्त बैठकमा १ सयभन्दा माथि केन्द्रिय अभियन्ताहरुको सहभागिता रहेको जनाईएको छ । यसै विषयमा आज बिहान मात्रै सर्वोच्चको निर्णयलाई स्वगत गर्दै नेता गौतमले नैतिकताका आधारमा प्रधानमन्त्रीको राजीनामा दिनु पर्ने माग गरेका छन् । साथै नेता गौतमद्धारा जारी विज्ञप्तिमा अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पार्टीको सचिवालय बैठक बोलाउन पनि आग्रह गरिएको छ ।






