काठमाण्डौ । नेकपाका उपाध्यक्ष बामदेव गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको निर्णयलाई स्वागत गरेका छन् । सर्वोच्चको निर्णय पश्चात उपाध्यक्ष गौतमले प्रधानमन्त्री केपी ओलीले ढिला नगरी तुरुन्त प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताएका छन् । साथै उनले राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने पनि बताएका छन् ।
सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्री ओलीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै उक्त निर्णय बदर गरिदिएको थियो । यस विषयमा विज्ञप्ति मार्फत प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पार्टीको सचिवालय बैठक बोलाउन पनि आग्रह गरेका छन् ।
गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आजको दिन निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारीताको पराजय तथा संविधान कानून लोकतन्त्र र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो । यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दछु ।’
विज्ञप्तिमा प्रधानमन्त्री र राष्टपतिकालागी नेता गौतम अगाडी लेख्दछन्,‘१) सम्माननिय राष्ट्रपति महोदयले प्रेष विज्ञप्तिबाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ । २) प्रधानमन्त्री केपी वलीले प्रधानमंन्त्री पद वाट ढिलानगरी तुरुन्त राजिनामा दिनु पर्छ ।’
यस्तो छ गौतमको विज्ञप्तिः
प्रेस विज्ञप्ति
संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७ साल फागुन ११गतेको दिन
ऐतिहासिक महत्वको रहेको छ ।
यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो । प्रधानमंत्री केपी वलीले गत पुष ५ गते गर्नु भएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो । यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु ।
क्जष्पजबच क्ष्लकगचबलअभीष्दभचतथ ऋयििभनभ
यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माँग राख्दछु ।
१० सम्माननिय राष्ट्रपति महोदयले प्रेष विज्ञप्तिबाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नु पर्छ ।
२० प्रधानमन्त्री केपी वलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजिनामा दिनु पर्छ ।
३० नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क। केपी वली र क। प्रचण्ड संग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित के। कार्यालयमा बोलाउन अनुरोध गर्छु ।
वामदेव गौतम
उपाध्यक्ष, नेकपा
१२।११।२०७७






