काठमाडौ । आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुले मु द्दा जितिसकेको दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मु द्दा हारिसकेको बताएका छन् ।
मंगलबार काठमाडौमा तिलकराज भण्डारीद्वारा सम्पादित ‘ज न यु द्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । प्रधानमन्त्रीले गैरकानुनी बाटो रोजेर पार्टीलाई फुट र विसर्जन तर्फ लगेको उनको तर्क थियो । त्यसैले प्रधानमन्त्री ओलीले राजनीतिक मु द्दा हारिसकेको बताएका हुन् ।
उनले आफूहरुले एकताको झण्डा उठाएको र ओलीले फुट र विसर्जनको झण्डा उठाएको प्रतिकृया दिए । ठूलो दुःखले पार्टी एकता गरेको बताउँदै उनले त्यसलाई विभाजन गर्ने षडयन्त्र भइरहेको बताए । ‘एकताको झण्डा हामीले उठाएका छौँ, केपीजीले फुट, विसर्जन र विघटनको बाटो रोज्नुभो’, उनले भने, ‘पार्टी, देश, संविधान र लोकतन्त्रलाई विसर्जन र विघटन गर्ने बाटोमा जानु भएको छ । मु द्दा त उहाँले हारिसक्नु भयो । व्यवहारिक रुपले त्यसलाई परास्त गर्न यो यु द्ध हामीले जित्नुपर्छ ।’
हामी शन्तिपूर्ण यु द्ध मा छौं । तर अहिलेको यु द्ध हामिले जित्नुपर्छ । अदालतप्रति विश्वास छ । अहिले यो यु द्ध नै हो तर शान्तिपूर्ण । यो हामीले जित्नुपर्छ,’ उनले भने । प्रचण्डले पार्टी निकै ठूलो मेहनत गरेर एक गरेको भन्दै त्यसलाई फु टा उ न ठूलो षड्यन्त्र भइरहेको दाबी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नै विघटनको बाटोमा पुर्याएको समेत बताए ।






