काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली युवा नेता गोकुल प्रसाद बास्कोटाले संसद पूनःस्थापना नहुने दाबी गरेका छन् । नेता बास्कोटाले सूर्य चिन्हपनि प्रधानमन्त्री आली नेतृत्वको नेकपाकै हुने उनको दाबी गरेका हुन् ।
सोमबारको मध्यरातमा सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो दाबी गर्दै स्टेटस् पोष्ट गरेका छन् । बास्कोटाले एक, दुई तीन संसद पूनःस्थापना नहुने दाबी गरेका छन् ।.
उनले लेखेका छन्,“अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखे ल एक दुई तीन संसद पुनःस्थापना हुदैन चुनावपछि नयाँ संसद बन्छ । साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ । किनभने वस्तुगत सत्यवाहेक बाँकी सबै भ्रम हुन् । प्रतिकृया त जे लाग्छ सो देऊ न ।”







