काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुर्नस्थापना भए आफुहरु आन्दोलनमा जाने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा आयोजित आफूपक्षीय नेकपाले आयोजना गरेको आमसभामा बोल्दै ओलीले त्यस्तो चेतावनी दिएका हु्न् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले कसैका दबाबमा विघटन बदर गर्ने फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए ।
उनले भने, ‘चुनाव हुन्छ नै, त्यसकारण तपाईंहरु आत्मविश्वासका साथ अघि बढ्नुस् , यदि कहिँ कुनै प्रकारको जा ल झे ल, ष ड्य न्त्र, तिक्डम से टि ङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने त्यसका विरुद्ध फेरि पनि हाम्रो आन्दोलन अघि बढ्छ । त्यस्ता शक्तिहरुलाई पराजित गर्छौँ ।’
ओलीले नेपालमा कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको पनि दाबी गरे । उनले सभामा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क डा आ लो च ना पनि गरे । उनले प्रचण्डले विगतमा वैद्य र डाक्टरलाई साथ लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै कटाक्ष गरे ।






