काठमाडौ । काठमाडौ । संसद विघटनपछि उत्पन्न परिस्थितीले पार्टी एकता भं ग भएको अवस्थामा एकताको अभियानलाई राष्ट्रिय रुपमा नै सशक्त बनाउँदै हिंडेका नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई विभिन्न आरोप लगाउँदै अड्कलवाजीका समाचार प्रकाशन हुने गरेका छन् ।
फेरी एक पटक बामदेव त्यस्तै प्रवृत्तिको शि का र भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकारको गृहमन्त्री बन्न प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत प्रचण्ड नेपाल समुहले गरेका गतिविधि पार्टी एकता विरोधी भएकाले आफु कुनै पनि समुहमा नलाग्ने घोषणा गरेका गौतमले पार्टी एकता राष्ट्रिय अभियान संचालन गरेका छन् ।
सो अभियानका संयोजक वामदेव गौतमले आफू गृहमन्त्री बन्ने भन्ने समाचार गलत, भ्रामक र दूराशययुक्त भएको बताएका छन् । केही संचार माध्यमहरुमा आइतवार प्रधानमन्त्री ओलीसंग गौतमको लामो कुराकानी भएको र ओलीले गौतमलाई गृहमन्त्री बन्ने प्रस्ताव गरेको भन्दै समाचार प्रकाशन भएको थियो ।
संयोजक गौतमले आफ्नो चरित्र ह त्या गर्ने दु ष्ट प्रयत्नस्वरुप यसप्रकारको ह ल्ला चलाइएको बताएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै संयोजक गौतमले स्पष्टिकरण दिएका छन् । उनले त्यस्ता समाचारहरुलाई विश्वास नगर्न सबैमा आग्रह समेत गरेका छन् ।






