काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जुनसुकै हालतमा संविधानको रक्षा गरेरै छाड्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
प्रतिनिधि सभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानुन विपरीत दमनकारी क्रियाकलाप गरिराखेको बताउँदै प्रवक्ता श्रेष्ठले भने,‘यस्तो कदम केही समयका लागि नि र्ल ज्ज द म न का री अभिव्यक्ति मात्रै हो ।’
उनले थपे,‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधि सभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरीत गैर–कानुनी ढङ्गले ज्या द ती पू र्ण, ब ल मि च्या इँ, द म न का री क्रियाकलाप गरिराखेको छ ।’
शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षासमेत गरेको छ ।






