काठमाण्डौ । नेपालमा पनि भारतीय जनता पार्टी (भाजपा) खोल्ने त्रिपुराका मुख्यमन्त्री विप्लवदेवको अभिव्यक्तिमाथि नेकपाको प्रचण्ड नेपाल पक्षले आपत्ति जनाएको छ ।
मुख्यमन्त्री विप्लवदेवको अभिव्यक्तिमाथि बुधवार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा भाजपाको संगठन बिस्तार गर्ने र सरकार बनाउने अभिव्यक्तिले दुईदेशबीचको कूटनीतिक सम्बन्धमा नकारात्मक असर पर्ने बताएका छन् ।
भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवदेवले हालै एक सार्वजनिक कार्यक्रममा नेपालका सम्बन्धमा प्रकट गर्नुभएको अभिव्यक्तिप्रति हाम्रो पार्टी नेकपाको गम्भीर ध्यानाकर्षण भएको छ,ु श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केही दिनअघि मुख्यमन्त्री विप्लवदेवले तात्कालीन भारतीय जनता पार्टीका अध्यक्ष एवं भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल लगायतका देशहरूमा पनि भारतीय जनता पार्टीको संगठन बिस्तार गर्ने र सरकार बनाउने धारणा राखेको अभिव्यक्ति दिएका थिए ।






