काठमाण्डौ । चीनले पूर्वी लद्दाखमा भारतसँगको सीमा क्षेत्रमा बनाएको हेलिप्याड न’ष्ट गरेको छ । गएको वर्ष भारत र चीनबीच तनाव बढेका बेला चीनले बनाएको हेलिप्याड चीनले नै न’ष्ट गरेको बीबीसी हिन्दीले जनाएको छ ।
चीनले पेङ्गोङ्ग झरनाको उत्तरी किनारमा हेलीप्याड र अरु संरचना बनाउनुको साथै अस्थायी किल्ला पनि तयार गरेको थियो । चीन र भारतबीच भएको सीमा विवाद समाधानको सहमति भएपछि चीनले सीमा क्षेत्रका संरचना न’ष्ट गर्न थालेको बीबीसीको खबरमा उल्लेख छ ।
गएको बुधवार भारत र चीनबीच सीमामा सैनिक उपस्थिति घटाउन प्रकृया सुरू गर्ने सहमति भएको थियो । सहमतिपछि दुवै देशका सैनिक पुरानै ठाउँमा फर्कन थालेका हुन् ।






