बाँके । महाशिवरात्री तथा २६१ औं सेना दिवसको अवसरमा बाँकेको राँझा स्थित बज्रदल गणले आयोजना गरेको मैत्रीपुर्ण खेलमा नेपाली सेनाले १–२ गोलले गर्दै विजयी भएको छ । शनिबार आयोजित उक्त मैत्रीपुर्ण खेलमा नेपाल प्रहरीलाई एकका विरुद्ध दुई गोलले हराउँदै नेपाली सेनाको बज्रदल गण विजयी भएको हो ।
बज्रदल गणका तर्फबाट सुमन थारुले आठौं मिनेटमा एक गोल गर्नु भएको थियो भने सोही गणका निरज खातीले एक गोल गर्नु भएको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका तर्फबाट अनिल चौधरीले खेलको सत्रौं मिनेटमा एक गोल गर्नु भएको थियो ।
यसैगरी उक्त मैत्रीपुर्ण भलिबल खेलमा बज्रदल गणले नै विजय हाँसिल गरेको छ । बज्रदल गण र बाँके स्थित नं ३० गण सशस्त्र प्रहरी बल बागेश्वरी बीच भएको भलिबल खेलमा २५–१७, २५–१४ को सोझो सेटले सशस्त्र प्रहरी गणलाई पराजित गर्दै बज्रदल गणले जीत हाँसिल गरेको हो ।
भलिबल र फुटबल खेलको उपाधि जित्ने टिमलाई जिल्ला न्यायधीश भिष्मराज प्रसाईँद्धारा नगद दश हजार पुरस्कार प्रदान गरिएको थियो । समुदाय स्तरका नेपाली सेनाद्धारा सञ्चालन गरिएको स्वास्थ्य शिविरहरुमा सहयोग पुर्याएबापत एचसिआसी अस्पताललाई प्रशंसापत्रले सम्मान गरीएको थियो । बाहिनी पति प्रकाश थापाद्धारा एचसीआरसी अस्पतालका निर्देशक रमेश सिटौलालाई प्रशंसाापत्र प्रदान गरीएको थियो ।
मैत्रीपुर्ण फुटबल र भलिबल खेलको उदघाटन सत्रमा जिल्ला अदालत बाँकेका न्यायधिश भिष्मराज प्रसाईँ, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, श्री नं. ४ बाहिनी अड्डा ईमामनगर ब्यारेकका बाहीनीपति सहायकरथी प्रकाश थापा, बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहोरा, सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक विमल डाँगी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख ओम खड्का लगाएतको उपस्थिति रहेको थियो ।


















