बाँके । नेपाल युवा परिषदले लुम्बिनी स्तरीय तीन दिने सम्मेलनको आयोजना गरेको छ । युवा उद्यमशीलता, जलवायु परिवर्तन, युवा नेतृत्व, दिगो विकास लक्ष्य प्राप्ति, सीप विकास, आन्तरिक पर्यटन तथा स्थानिय काला संस्कृति तथा परिकारहरुको संरक्षण गर्न सो सम्मेलनको आयोजना भएको नेपाल युवा परिषदले जनाएको छ ।
आज आयोजना भएको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशको १२ जिल्लाका २ सय पाँच भन्दा बढी युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । आईतबारदेखि शुरू हुने उक्त सम्मेलनमा युवाहरुको विषयमा विभिन्न कार्यपत्रहरूका साथै युवा सांस्कृतिक साँझ, लुम्बिनीका युवाद्धारा तयार पारिने लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण हुने नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आफ्नो कला संस्कृति झल्कने भेषभुषा, स्थानीय स्तरमा पाइने रैथाने खानाका परिकार र रैथाने बीऊ बिजन समेत प्रदेश युवा सम्मेलनमा प्रदर्शन हुने युवा परिषद प्रदेश संयोजक सोम गुरुङले बताउनुभयो ।
सम्मेलनले युवा उद्यमशीलताको श्रृजना सम्भावना र रचनात्मक्ता, प्रभाकारी शासनका लागि युवा सशक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता, दिगो भविष्यका लागि पहल, वन्यजन्तु संरक्षमा डिजिटल आविष्कार अन्वेषण लगायतका विषयगत क्षेत्रमा छाल्फल हुने होमस्टे महासंघका महासचिव कृष्ण चौधरीले जानकारी दिनुभयो ।
‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्षमा सामान परिवेश’ भन्ने मूल नाराका साथ बाँकेको गाभर भ्याली हुने उक्त युवा सम्मेलनको उद्घाटन आईतबार लुम्बिनी प्रदेश मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले गर्नुहुनेछ । सो संस्थाले सन् २०२० मा नेपालगन्जमा पहिलो लुम्बिनी प्रदेश युवा सम्मेलन गरेको थियो ।






