बाँके । बाँकेको नेपालगञ्जमा व्यावसायिक योजना निर्माण तालिम सम्पन्न भएको छ । सहकारी प्रधिक्षालय बाँकेको आयोजनामा शनिबार ४ दिने व्यावसायिक योजना निर्माण तालिम सम्पन्न भएको हो ।
ूसहकारीको दिगोपन स्वनियमन र सुशासनू भन्ने मूल नाराका साथ बुधबारदेखि शुरू भएको उक्त तालिम सहकारीको आफ्नै भवनमा शनिबार सम्पन्न भएको थियो । उक्त तालिममा लुम्बिनी प्रदेशको १० जिल्लामा रहेका सहकारी सञ्चालक तथा व्यवस्थापक गरी २५ जनाको सहभागिता रहेको थियो ।
उक्त समापन कार्यक्रममा महिलाको तर्फबाट सुनिता सेन र पुरुषको तर्फबाट एकराज रिजालले चार दिने तालिमले आफूलाई सहकारी सम्बन्धी धेरै आवश्यक, उपयोगी र नयाँ कुरा ज्ञान सिकेको बताउनु भएको थियो ।
सहकारी प्रशिक्षक विनोद पौडेलले सहकारीलाई चुस्त दुरुस्त तरिकाले सञ्चालन गर्न चुनौती बन्दै गरेको बताउँदै यस्ता तालिमले सञ्चालक र व्यवस्थापकलाई सहकारी सञ्चालनका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको थियो । प्रशिक्षक पौडेलले तालिममा सिकेका कुराहरू आफ्नो सहकारी संस्थामा लागू गर्न आग्रह गर्नु भएको थियो ।
तालिम समारोहका अध्यक्षका रूपमा रहनु भएका सहकारी प्रशिक्षालय बाँकेका प्राचार्य लोक बहादुर सुनारले सहकारीलाई नाफामुलक गैर सरकारी संस्थाको रूपमा हेरिने हुँदा यसलाई अगाडि बढाउन चुनौतीको विषय रहेको बताउनुभयो । प्राचार्य सुनारले चुनौतीलाई चिर्दै तालिममा सिकेका कुरालाई लागू गर्नु पर्नेमा जोड दिनुभयो ।







