बाँके । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्न बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा ‘टुर द ठाकुरद्वारा’ को तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २६ र २७ गते बर्दियाको ठाकुरद्धारामा उक्त कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रममा दुई सय भन्दा बढी साईकल यात्री सहभागी हुने आयोजक नेपालगन्ज साईक्लिङ क्लबले जनाएको छ ।
कार्यक्रम संयोजक निरौलाका अनुसार बाँकेको बागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा १ सय ४ किलोमिटर लामो रहेको छ । उहाँले बागेश्वरी मन्दिरबाट सुरु भई साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्ने बताउनुभयो ।
टिसर्ट सार्बजनिक गर्दै चीन र भारतबाट समेत साईकल यात्रीहरुको सहभागिता रहने कार्यक्रम संयोजक निरौलाले बताउनुभयो । टुर द ठाकुरद्धारा सम्पन्न गर्न करिव २७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँले जनाकारी दिनुभयो ।
साईकल यात्रामा सहभागी हुने साइकलयात्रीहरु मार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दै आएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले बिगत ६ बर्षदेखी टुर द ठाकुरद्धारा आयोजना हुँदै आएको छ ।






