कोशी प्रदेश । कोशी प्रदेश सरकारले बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को हिजो सोमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई एक लाख र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले यो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो । त्यसैगरी बैठकले कोशी प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ ।






