बाँके । सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गणको चेकप्वाईन्टले चेकजाँचका क्रममा अवैध १४ लाख सहित एकजना पक्राउ गरेको छ । बिहीबार सिमानाका जमुनाहबाट नेपालगंजतर्फ मोटर साईकलमा जाँदै गरेको अवस्थामा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ बस्ने उमाकान्त गुप्ताबाट सो रकम नियन्त्रणमा लिएको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।
थापाका अनुसार चेकजाँचका क्रममा पक्राउ परेका गुप्ताबाट उक्त रकम श्रोत नखुलेको हुुनाले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको उक्त रकम नेपालगन्ज भन्सार कार्यालय, जमुनाहमा बुझाईएको गणका सूचना अधिकारी थापाले जानकारी दिए ।






