रुपनी जि एम, बाँके । वन तथा जैविक विविधताको संरक्षण तथा व्यवस्थापनबाट देशलाइ आत्मनिर्भर बनाउन देश भित्र रहेका प्राकृतिक श्रोत र साधनको समुचित प्रयोग र व्यवस्थापन आवश्यक हुन्छ । नेपालको संविधानमा वन क्षेत्रको व्यवस्थापन प्रदेशको अधिकार क्षेत्रमा परे सँगै यसको नियमन र व्यवस्थापनका लागी कानुनी रिक्तता थियो ।
यसलाइ चिर्न लुम्बिनी प्रदेश सरकारले प्रदेश वन एन २०७८ तथा प्रदेश वन नियमावली २०७९ जारी गरी वन संबद्र्धन प्रणालिमा आधारित वन व्यवस्थापन कार्यान्वयनमा ल्यायको छ । बाँकेमा रहेको सब डिभिजन वन कार्यालयको मातहतमा रहेको सामूदायिक वनहरुले वन संबद्र्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापन प्रणालि अन्र्तगत वन पैदावार संकलन गरेका छन् ।
लामो समयपछि वन पैदावार गर्न पाउँदा उपभोक्ता खुशी भएकाछन् । शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीको मातहतमा रहेको राप्तिसोनारी ८ स्थित त्रिशक्ति सावउसले १७ हजार ४ सय ४१ क्यूफिट वन पैदावार संकलन गरेको छ । जस अन्तर्गत ५ हजार ७ सय ५८ क्यूफिट आन्तरिक रुपमा उपभोक्तलाई वितरण गरेको छ । २ सय १९ जना उपभोक्त रहेको उक्त सावउसले ४ वर्षपछि रुख कटान गरेको अध्यक्ष उमा बस्नेतले बताए ।
त्यसैगरी राप्तिसोनारी २ कोटही देवी युवा प्रगति सावउसले १५ हजार ७ सय ६६ वन पैदावार संकलन गरेको छ । अध्यक्ष तुल्सिराम भण्डारीका अनुसार ४ वर्षपछि कटान गरिएको वन पैदावारमा ३३ सय उपभोक्तालाई काठ वितरण गरिएको छ । ४ सय ५१ हेक्टर क्षेत्रफलमा रहेको उक्त सावउसलाई ३ सय १६ घरधुरीले उपभोग गर्दै आएकाछन् । विशेष गरेर सामाजिक कार्यमा लगानी गर्दै आएको सो सावउसले स्थानिय लक्ष्मि माविलाई १ लाख रुपैया सहयोग गरेको छ । अन्य स्थानिय विद्यालयमा शिक्षकको व्यवस्थापन गर्नुका साथै विद्यार्थीलाई छात्रवृद्धि उपलब्ध गराउँदै आएको छ ।
सोही पालिका अन्तर्गत वडा नं. २ माथेबास जनमुखि सावउसले पनि वन पैदावार गरेको छ । जस्मा २ सय ९७ रुख कटान गरेको छ । १ सय १० ढलापडाको व्यवस्थापन गरेको छ । २ हजार सालको रुख कटान गरेको छ । चैतबाट शुरु गरिएको वन कटान गरिएको काठहरु लिलाम प्रकृयामा रहने अध्यक्ष टोप बहादुर खड्काले बताए ।
२०५८ सालमा दर्ता भएको वनमा शुरुमा बाउबाजेले अन्न उठाएर परम्परातग शैलीमा वन संरक्षण गरेको बताउँदै अध्यक्ष खड्काले वैज्ञानिक वनको अवधारणा आएपछि वनको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम लागु गरीएको र सोही कार्यक्रमबाट उत्पादन भएको वन पैदावार नै अहिले आम्दानीको प्रमुख श्रोत वनका रुख विरुवा नै अहिले आम्दानीका श्रोत भएको बताए । ४ सय ३४ दशमलव ३४ क्षेत्रफलमा रहेको उक्त सावउसमा १ सय ७५ जना उपभोक्ता रहेकाछन् ।
शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीका प्रमुख सुशिल सुबेदीका अनुसार हालसम्म १ लाख ९४ हजार ६ सय ७१ दशमलव ६१ क्यू फिट काठ र ६ सय ६३ दशमलव ९१ चट्टा दाउरा घारगद्दी गरिएको छ । २५ प्रतिशत वन पैदावार आपुर्ति समितिलाई छुट्टयार बाँकी लिलामी प्रकृयामा रहेको उहाले बताए ।
उहाँका अनुसार उक्त सव डिभिजन वन कार्यालयको मातहतमा १९ वटा सामूदायिक वन, एउटा धार्मिक वन र सरकारद्धारा व्यवस्थित चकला वन सहीत २१ वटा वन रहेका छन् । १९ वटा मध्य ११ वटा वनमा वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन पद्धतिबाट वन व्यवस्थापन भइरहेको प्रमुख सुबेदीले बताए ।
त्यसैगरी ७ वटा सामूदायिक वनमा ढलापडा संकलन लगाएत अन्य संरक्षणको काम भईरहेका छन् । समय अभावका कारण यसपालि सरकारद्धारा व्यवस्थित गरिएको वनमा उक्त कार्य योजनाको तयारी अन्तिम चरणमा भईरहेको पनि उहाँले जानकारी दिए ।
बाँके जिल्लामा कुल १३ वटा सामूदायिक वनमा वन संबद्र्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापन प्रणालि अनुसार हालसम्म सो संकलनबाट कटान, मुछान र ढुवानीबाट करिब ६० हजारलाई रोजगारी श्रृजना भएको र ४ जना वन प्राविधिकले रोजगारी पाएको प्रमुख सुबेदीले बाउनुभयो । उनका अनुसार विगत ३ वर्षदेखि काठदाउरा नपाएका उपभोक्तालाई वन पैदावारको माग पुर्ति हुँदा उपभोत्ता खुशि भएकाछन् ।
जिल्ला डिभिजन वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीय रुपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ । वैज्ञानिक वन व्यवस्थापन सुरु भएको वनमा स्थानीय सुकेका, ढलेका, रोगी तथा बुढा पुराना तथा उमेर पुगेका रुख कटान गर्ने, कटान भएको क्षेत्रमा पुनरुत्पादनलाइ हुर्काउने तथा बढाउने कार्यक्रम लागु गर्दा वनको उत्पादन र उत्पादकत्व बढने उहाँले बताए ।
यस वन व्यवस्थाबाट काठ दाउरा सहज उपलब्ध भइ बन पैदावारको आपुर्ति निरन्तर र सहज हुने, जैविक विविधता संरक्षण एवं वनको हैसियतमा सुधार आउने, समुहमा हुने आम्दानीले स्थानीय विकासमा टेवा पुग्ने, स्थानिय स्तरमा रोजगारी सिर्जना हुने र राज्यलाइ राजस्व प्राप्त भइ प्रादेशिक तथा राष्टिय अर्थतन्त्रमा उल्लेखनिय योगदान पुग्ने विश्वास लिएको उल्लेख गर्दै सहायक वन अधिकृत खड्काले सो वन व्यस्थापनबाट वनको सघन व्यवस्थापन हुने बताए ।
विसं २०७३ मा बँकेका १७ सामुदायिक वनमा लागू भएको दिगो विकासमा आधारित वैज्ञानिक वन व्यवस्थापन अहिले १३ सामुदायिक वनमा मात्र लागू भएको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम राप्तीसोनारी गाउँपालिकामा मात्रै लागू छ ।
वन प्राबिधीक श्याम भण्डारीका अनुसार बन ब्यबस्थापन गरेपछि त्यसको अनुगमन गर्नु पर्छ त्यसमा अध्ययन अनुसन्धान हुनुपर्छ अरु ठाउको बन ब्यवस्थापन हेरेर आफनो ठाउमा त्यो लागु गर्न सकिदैन् । ठाउँ भौगोलीक अवस्था त्यहा पायने प्रजाति बिशेष आफनो आवश्यकता बिशेष त्यसको ब्यवस्थपन गर्नुपर्छ ।
‘दिगो बन ब्यबस्थापनको मुख्य पाटो भन्नु नै रुख काटनु हो । निश्चित उमेरको रुख काटनु त्यसको ठाउमा नयाँ बोट बिरुवा लाइ संमरक्षण गर्ने बन ब्यवस्थापनको मुख्य उद्धेश्य हो । ’बन प्राबिधिक भण्डारीले भने , यसले बन समबद्धन प्रणाली लागु गर्ने हो । बैज्ञानीक औजार बिधी लागु गर्ने त्यसबाट दिगो बन बनाउनु र पारिस्थीकीय सेवाहरु पउनु यसको उद्देश्य हो ।’ बाँकेमा डिभिजन वन कार्यालयको मातहतमा ६ वटा सब डिभिजन वन कार्यालय छन् ।
यसैबीच, यसैबीच, वैज्ञानिक वन व्यवस्थापनका नाममा घना जङ्गलमा भएका काँचा रुख व्यापक मात्रामा फँडानी गरिएको र वन विनास तीव्ररुपमा भएको जनाउँदै यसअघिको सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो ।












