काठमाण्डौ । राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ परेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाइँ भएको बताउनुभएको छ । पक्राउ परेपछि अपराध अनुसन्धान विभाग मीनभवन पुग्नुभएकी नेतृ झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताएकी हुन् । उनले धैर्य गर्न पनि आग्रह गरेकी छन् ।
उनले लेखेकी छन्, ‘राज्यविरुद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको छ । साथीहरू धैर्य गर्नुहोला, यो अन्तिम लडाइँ हो । आफ्नो ठाउँमा डटौँ ।’ झाँक्रीले गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए शितल निवास छाडेर नागरिकको माझमा आउन भन्दै विभिन्न आरोप लगाएकी थिईन् । झाँक्रीको अभिव्यक्तिपछि उनलाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्ताले प्रहरीलाई दबाब दिँदै आएका थिए ।
*राज्य विरूद्धका कसुर अन्तर्गत मुलुकी अपराध संहिता २०७४ दफा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु।
सबै साथिहरूले धैर्य गर्नुहोला।
यो अन्तिम लडाई हो।— Ram kumari Jhakri (@Jhakri_didi) February 11, 2021






