काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पक्राउ पर्नेहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको न्यायधीवक्ता महेशकुमार खत्रीले जानकारी दिए ।
उनले प्रहरीले अनुसन्धान टुङ्ग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने विषयमा सोमबार १० बजे सम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्नुपर्ने जानकारी आएको बताए । उनले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पश्चात् अभियोजनको काम गर्ने बताए । उनले थप अनुसन्धान प्रतिवेदन आएपछि अभियोजन पत्र कसरी तयार गर्ने कागज प्रमाण र तथ्य के छन् भन्ने अध्ययन गरेर अभियोजन तयार पारिने बताए ।
उनले भने,‘सङ्गठित अपराध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ । शनिबारदेखि लागू हुनेगरी तीन दिनको म्याद थप भएको छ । प्रहरीले अनुसन्धान टुङ्ग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने सन्दर्भमा भोलि बिहान १० बजेसम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्न जानकारी आएको छ। त्यसपछि अभियोजनको कामको गृहकार्य गरिरहेका छौँ ।
त्यसमा थप अनुसन्धान प्रतिवेदन हामीकाहाँ आएपछि अभियोजन पत्र कसरी तयार गर्ने कागज प्रमाण र तथ्य के छन् भन्ने अध्ययन गरेर अभियोजन तयार पार्नेछौं । अहिले अनुसन्धान प्रतिवेदन आइनसकेको हुनाले यसमा सङ्गठित अपराध प्रतिवेदन नक्कल गरेको शरणार्थी कार्डहरू नक्कली बनाएको सरकारी कागजात किर्ते र राष्ट्रकै अपमान गरेको हिसाबको अध्ययन भइरहेको छ । प्रतिवेदन अध्ययन नगरी हामीले अहिले नै स्पष्ट रूपमा भन्न सक्दैनौँ ।’
उनले प्रहरी अनुसन्धान प्रतिवेदन आइ नसकेको हुनाले यसमा सङ्गठित अपराध प्रतिवेदन नक्कल गरेको, शरणार्थी कार्डहरू नक्कली बनाएको र राष्ट्रकै अपमान अभियोजनका विषयमा कुराकानी भइरहेको बताए । गोरखापत्र दैनिकमा यो समाचार छ ।






