काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो । निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ ।
अब डिजल र मट्टीतेलको भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएको छ । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।
अहिले पेट्रोलको भाउ प्रतिलिटर एक सय ७५, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ६० र ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ ।






