रुपनी जि एम, बाँके । नेपालगञ्जमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीहरुको चासो बढ्न थालेको पाइएको छ । आयुर्वेद उपचारको महत्व, विश्वसनीयता र प्रभावकारितापछि बिरामीहरुमा आयुर्वेद उपचार पद्धति प्रतिको चासो बढेको पाइएको हो । बाँके आयुर्वेद केन्द्रका प्रमुख डा.अनिल कुमार चौधरीका अनुसार कोरोना महामारीपछि आयुर्वेद सेवा लिनेको संख्या बढेको छ । ‘कोरोना अघि आयुर्वेद सेवा बारे नागरिकहरुमा चासो थिएन् । सरकारले पनि यसलाई खासै महत्व दिएको अवस्था थिएन् ।
डा.चौधरीले भने,‘कोरोना महामारीपछि भने आयुर्वेदको महत्व जनमानसमा ह्वात्तै बढ्यो । सरकारले पनि विभिन्न कार्यक्रमहरु गरी जनमानसमा आयुर्वेदप्रतिको भरोसो बढ्यो ।’ उनका अनुसार कोरोनापछि संघ र प्रदेश सरकारले बिभिन्न कार्यक्रमका माध्यमबाट जनतासँग प्रत्यक्ष भेटेर आयुर्वेद उपचारको महत्वको वारेमा जानकारी दिनेदेखि क्वारेनटाइनमा बसेका बिरामीहरुलाई निःशुल्क रुपमा औषधि वितरण गरी स्वास्थ्य लाभ भएको हुदा अहिले आयुर्वेद उपचार गराउने विरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
अहिले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले बिभिन्न २३ प्रकारका औषधिहरु निःशुल्क रुपमा बितरण गर्दै आएको छ । जेष्ठ नागरिक सेवाका लागि जेष्ठ नागरिकलाई शक्ति बद्र्धक, रोग प्रतिरोधात्मक शक्तिबृद्धि गर्ने औषधिहरु प्रदान गर्ने गरिएको छ । विपन्न वर्गका महिलाहरुले वच्चा जन्माइसकेपछि खानपानको कमिले गर्दा वच्चालाई आमाको दुध नपुगेको अवस्थामा स्तनपान सेवा अन्तरगत दुध बद्र्धकका लागि कुरिलोको चुर्ण र दशमुल तेल निःशुल्क उपलब्ध गराइरहेको छ ।
सरकारी दररेटमा ल्याव सेवापनि सन्चालनमा ल्याइएको छ भने नसर्ने रोगका लागि र दीर्घ जीवनकालागि विहान ५ बजेदेखि ६ः३० बजे सम्म योग कक्षापनि संचालनमा भइरहेको छ । केही वर्ष अघिसम्म ५ देखि १० जना उपचारका लागि आउने गरेकोमा अहिले भने दैनिक ५० देखि ६० जना विरामीहरु उपचारका लागि आउने गरेको वरिष्ठ कबिराज निरीक्षक डा.गीता रेग्मीले बताईन् ।
आयुर्वेद उपचार दिनप्रतिदिन बढ्दो अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकार मार्फत ५ करोडको लगानीमा १५ वेडको आयुर्वेद अस्पताल निर्माण हुन लागेको छ । जसमा आयुर्वेदको आठ वटै अंगको विषशज्ञ सहितको सेवा प्रदान गरिने उद्देश्यले प्रदेश सरकारले अस्पताल निर्माण गर्न लागेको हो । डा.रेग्मीका अनुसार अधिकांश विरामी पाइल्स, फिसर, फिस्टुला वाथ, आँखा सम्बन्धि रोग, पेट सम्बन्धि रोग, नसा रोग, महिलाहरुको सेतो पानी वग्ने लगायतका विरामीहरु उपचारकालागि आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने गरेकाछन् ।
पछिल्लो तथ्याङ्क अनुसार २०७७÷०७८ मा २२ हजार ६ सय ६९ जनाले आयुर्वेदको सेवा लिएका थिए । जसमध्ये महिला १० हजार ९ सय ३४ जना रहेका थिए भने ११ हजार ७ सय ३५ जना पुरुषले आयुर्वेदको सेवा लिएका छन् । त्यस्तै ०७८÷०७९ मा ३५ हजार २ सय ६८ जनाले सेवा लिएका छन् । जसमध्ये १७ हजार ३ सय ८२ महिला र १७ हजार ८ सय ८६ जना पुरुषले आयुर्वेदको सेवा लिएका छन् ।
उक्त आयुर्वेद केन्द्रमा उपचारकालागि बाँकेका मात्र नभएर बाहिरी जिल्ला र भारतको बहराइजबाट पनि बिरामीहरु आउने गरेको उनले बताईमबगनजतभचन् । दैनिक रुपमा विरामीको संख्यामा बृद्धि भएपछि अहिले बाँके आयुर्वेद स्वास्थ्य केन््द्रमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव भएको छ । केन्द्रले न्यून शुल्कमा विभिन्न सेवा प्रदान गर्ने गरेको छ ।






