काठमाण्डौ – लुम्बिनी प्रदेश सरकारबाट माओबादी केन्द्र र जनमत पार्टी बाहिरिएका छन् । लुम्बिनी प्रदेश सरकारमा सहभागी माओबादी केन्द्रका तीन जना र जनमतका एक जना मन्त्रीले राजीनामा दिएर बाहिरीएका हुन् । मुख्यमन्त्री लीला गिरी रुपन्देहीमा भएकाले मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् ।
लुम्बिनीमा माओबादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री थिईन् । यस्तै जनमत पार्टीका सीके गुप्ता मन्त्री थिए । माओबादी र जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै लीला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । ८७ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।
लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४ ४, जसपा, लोसपा र जनमत पार्टीका ३र३, स्वतन्त्र २ तथा एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चाका १, १ जना प्रदेश सभा सदस्य रहेका छन् ।






