बाँके, नेपालगञ्ज । नेपालगञ्जमा क्रियाशिल ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नामक संस्थामा बिबाद सृजना भएको छ । संस्थाको आन्तरिक बिबाद जिल्ला प्रशासन कार्यालय बाँके सम्म पुगेको छ । संस्था बिद्यान बिपरित सञ्चालन भएको, संस्था भित्र चरम अनियमितता रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा फाल्गुण १५ गते उजुरी दर्ता भएको छ ।
संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत पुरण बहादुर थारुले संस्थाका अध्यक्ष लगायतलाई बिपक्षि बनाउँदै जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गरेका हुन् । संस्थाको बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको जानकारी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र के।सी।ले दिएका छन् । दर्ता भएको उजुरीमा संस्था बिद्यान बिपरित सञ्चालन भईरहेको, संस्थामा चरम अनियमितता, मनोमानी रहेको उल्लेख छ ।
उच्च प्रतिबद्धताका साथ संस्थाको गरिमालाई उचो पार्नका लागि अहोरात्र खटिरहँदा समेत आफुलाई बिद्यान, ऐन, नियम बिपरित हटाउनका लागि संस्थाको कार्य समिति लागेको जानकारी गराउँदै छानविन गरि दोषिलाई कार्वाही गर्न थारुले माग गरेका छन् । २०५७ सालमा फत्तेवाल आँखा अस्पतालबाट समुदायमा आधारित कान स्वास्थ्य कार्यक्रम ब्रिटेन नेपाल अटोलोजि सर्भिसको सहयोगमा बाँकेका तत्कालिन ५ गाविसका लागि शुरुवात भएको उक्त संस्थाको शुरुवातको समय देखिनैं पुरण स्वास्थ्य सहायकको रुपमा कार्यरत रहेका थिए ।
२०५८ साल देखि २०६४ साल सम्म नेपाल रेडक्रस सोसाईटीको अन्धोपन तथा स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्र्तगत सञ्चालन भएको उक्त सेवालाई २०६५ सालमा पुरण लगायतकै पहलमा कान स्वास्थ्य सम्वन्धि जनचेतनामुलक कार्य गर्ने, प्राथमिक श्रवण पुर्नस्र्थापना सेवा प्रदान गर्ने लगायतका उद्धेश्य राखि स्थापना भएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा संस्था २०६५ चैत्र ७ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको थियो ।
आफु लगायतको अथक मेहेनतबाट ब्रिटेन नेपाल अटोलोजि सर्भिसको सहयोगमा सन् २०१३ सालमा सिलान्यास भई २०१५ सालमा संस्थाको भवन नेपालगञ्जको फुल्टेक्रामा निर्माण भएको, फत्तेवाल आँखा अस्पातलबाट सेवा प्रबाह भईरहेकोमा २०१६ साल देखि आफ्नै भवनबाट सेवा शुरु भएको थारुले निबेदनमा उल्लेख गरेका छन् ।






