रुपनी जि.एम, नेपालगञ्ज । ‘लुम्बिनी प्रदेश स्तरिय’ मेलाका संयोजक सावित्री बस्नेतले महिलाद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि प्रदेश स्तरिय प्रर्दशनी मेलाको आयोजना गरिएको बताएकी छन् । आज शुक्रबार नेपालगञ्जको वागेश्वरी मन्दिर स्थित चिल्ड्रेल पार्कमा महिला उद्यमी संघ नेपाल (वीन) बाँकेको आयोजनामा उक्त मेलाको उदघाटन गरिएको छ ।
सोही क्रममा हिमालय न्यूज हबसंगको कुराकानीमा मेला संयोजक बस्नेतले यो मेलाबाट संस्थालाई कुनै फाईदा नभएको तर नितान्त महिलाद्धारा उत्पादित हाते वस्तुहरुलाई बजारीकरण गर्ने उद्येश्यले मेलाको आयोजना गरेकोमा वीन बाँके सन्तुष्ट भएको उनले बताईन् । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला ,कानुन न्याय तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना) द्धारा मेलाको उदघाटन गरिएको थियो ।
उदघाटन गर्ने क्रममा मन्त्री केसीले आफुले सधैंभरी महिलाहरुको हकहीतकालागि आवाज उठाउँदै आएको र महिलाहरुलाई स्वलम्बि बनाउन अनेकौं भुमिका खेलेको बताउँदै उद्यमी महिलाहरुलाई पनि आत्मनिभर्र बन्नकालागि चाहिने सहयोग गर्ने कुरामा उनले प्रतिबद्धता जनाईन् । उनले भनिन्,‘अहिलेको समयमा सबै महिलाहरु आत्मनिर्भर बन्दै स्वाबलम्बि बन्न अत्न्तै आवश्यक छ । त्यसकालागि मैले कुन ठाउँमा कसरी सहयोग गर्नुपर्छ त्यो म गर्न तयार छु ।’
उनले भनिन्,‘महिलाहरुको हातले धेरै समानहरु बनाउने गर्दछन् । ती हाते समानहरुलाई बजारभाऊ दिन आजको आवश्यकता हो । वीनले महिलाद्धारा उत्पादित हाते वस्तुहरुको प्रवर्द्धनका लागि यो मेलाको आयोजना गरेकोमा म वीन बाँकेलाई धन्यबाद दिन चाहान्छु ।’ वीन बाँकेद्धारा गरिएको प्रर्दशनीको यो छैटौं संस्करण हो ।
उक्त ‘लुम्बिनी प्रदेश स्तरिय’ मेलामा महिलाहरुद्धारा नै उत्पादित हाते ब्याग, साँस्कृतिक पहिचान झल्किने पोशाक, प्लाष्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्धारा तपार पारिएको छालाको जुत्ता चप्पल, महिला सहकारीद्धारा सञ्चालित बेसार खेतीको उत्पादन, कला साहित्य, चाडपर्वमा पाईने र बनाइने नेपाली साँस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार छोप लगाएत अल्लोका लत्ताकपडा र सालको पातको टपरी नै मेलाको मुख्य आर्कषणको केन्द्र रहेको मेला संयोजक बस्नेतले बताईन् ।
संयोजक बस्नेतका अनुसार नव उद्यमी उत्पादन गर्न बिद्यार्थीहरुलाई बिक्री वितरण गर्न सिकाउन बिद्यार्थीको स्टल समेत राखिएको छ । सानै उमेरदेखि आफुनै मेहेनत र परिश्रममा बाच्न जान्नु पर्छ भन्ने कराको ज्ञानको विकासकालागि विद्यार्थीहरुको स्टल लगाएको संयोजक बस्नेतको भनाई छ । प्रर्दशनीको अन्तिम दिन अर्थात फाल्गुनको ९ गते सानो लगानीबाट महिला उद्यमी बन्न सफल महिला उद्यमीहरुलाई सम्मान गरिने संयोजक बस्नेतले बताइन् । वि.सं. २०६० सालमा स्थापना भएको संघमा ६२ जना महिला उद्यमीहरु सदस्य छन् । संघले २०७२ सालदेखी प्रर्दशनी गर्न थालेको हो ।







